वैदेशिक रोजगारीमा जानेको घट्यो मृत्युदर

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २५, २०७९
|
|
३१ पटक हेरिएको
Shares
वैदेशिक रोजगारीमा जानेको घट्यो मृत्युदर

सारांश

  • काठमाडौं ।
  • विगत लामो समयदेखि उकालो लागेको वैदेशिक रोजगारीको मृत्यु र अंगभग दर चालू आर्थिक वर्षको पहिलो ६ महिनामा घटेको छ ।
  • जनचेतना र अभिमुखीकरण तालिम प्रभावकारी भएसँगै वैदेशिक रोजगारीका क्रममा हुने मृत्युदर घटेको हो ।

काठमाडौं । विगत लामो समयदेखि उकालो लागेको वैदेशिक रोजगारीको मृत्यु र अंगभग दर चालू आर्थिक वर्षको पहिलो ६ महिनामा घटेको छ ।

जनचेतना र अभिमुखीकरण तालिम प्रभावकारी भएसँगै वैदेशिक रोजगारीका क्रममा हुने मृत्युदर घटेको हो ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य गरिएको पूर्वस्थान अभिमुखिकरण कार्यक्रम प्रभावकारी बनाइएपछि मृत्युदर घटेको बताए ।

गत आर्थिक वर्षको साउनदेखि पुससम्म वैदेशिक रोजगारीका क्रममा ८१९ जना श्रमिकको मृत्यु भएको थियो भने १४४ श्रमिक अंगभंग भएका थिए ।

यो संख्या चालू आवको ६ महिनामा घटेको छ । चालू आवको साउनदेखि पुससम्म ६१५ श्रमिकको मृत्यु भएको छ भने ११५ श्रमिक अंगभंग भएको बोर्डको तथ्यांक छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?