महिला पत्रकारले लगाइन् मन्त्री केशव स्थापित माथि यौन दुव्र्यवहारको आरोप

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ५, २०७५
|
|
४३ पटक हेरिएको
Shares
महिला पत्रकारले लगाइन्  मन्त्री केशव स्थापित माथि यौन दुव्र्यवहारको आरोप

सारांश

  • काठमाडौं, ५ कात्तिक।
  • छिमेकी मुलुक भारतमा यौन दुव्र्यवहारको आरोप लागेको विदेश राज्यमन्त्रीले राजीनामा दिएको घटना सेलाउन नपाउँदै नेपालमा पनि प्रदेशमन्त्रीलाई यौन हिंसाको आरोप लागेको छ।
  • प्रदेश नम्बर ३ का भौतिक योजना तथा निर्माण मन्त्री तथा काठमाडौं महानगरका पूर्व मेयर केशव स्थापितमाथि यौनहिंसाको आरोप लागेको हो।

काठमाडौं, ५ कात्तिक। छिमेकी मुलुक भारतमा यौन दुव्र्यवहारको आरोप लागेको विदेश राज्यमन्त्रीले राजीनामा दिएको घटना सेलाउन नपाउँदै नेपालमा पनि प्रदेशमन्त्रीलाई यौन हिंसाको आरोप लागेको छ। प्रदेश नम्बर ३ का भौतिक योजना तथा निर्माण मन्त्री तथा काठमाडौं महानगरका पूर्व मेयर केशव स्थापितमाथि यौनहिंसाको आरोप लागेको हो। करिब १५ वर्ष पहिला स्थापित मेयर हुँदा उनले महिला कर्मचारीमाथि यौनहिंसा गरेको ती पीडित महिलाले सामाजिक सञ्जालमार्फत खुलासा गरेकी छन् ।

पत्रकार तथा महानगरकी तत्कालीन अधिकृत रश्मीला प्रजापतिले सामाजिक सञ्जालमा त्यति बेलाको घटना शेयर गरेकी छन् । उनले भनेकी छन्, ‘मेयर स्थापितको कुरा नमान्दा मैले जागिर गुमाउनु पर्यो, उनी यौनहिंस्रक हुन् ।’ रश्मीलाले मन्त्री स्थापितले अँझै पनि महिलामाथि यौनहिंसा गरिरहेको बताएकी छन् । उनले दर्जनौ महिलाले स्थापितका कर्तुतबारे आफूलाई बताएकोसमेत सामाजिक सञ्जालमा शेयर गरेकी छन् । रश्मीलाका अनुसार त्यति बेला मेयर स्थापितले प्रमोसन दिन्छु शनिबार मसँग रिसोर्टमा जानुपर्छ भनेका थिए । उनले बारम्बार रश्मिलालाई शनिबार मिर्टिग गर्ने र त्यो पनि रिसोर्टमा भन्दै आएका थिए । एक दिन उनले गाडी नै पठाएर बोलाएकोसमेत रश्मिलाले दाबी गरेकी छन्।

आफूले तत्कालीन मेयर स्थापितको कुरा नमान्दा जागिरसमेत गुमाएको बताएकी छन् । स्थापित दोस्रो पटक मेयर बनेपछि विनाकारण आफूलाई जागिरबाट निकालिएकोसमेत बताएकी छन् । रश्मीलाले यो घटनाका बारेमा विभिन्न वेबसाईटमा समेत उल्लेख गरिसकेकी छन् । रश्मीला हाल एक गैरसरकारी संस्था स्थापना गरेर महिला हिंसाविरुद्ध अभियान चलाइरहेकी छन् । रश्मिलालाले मी टू अभियानअनुसार यो यौनहिंसाको घटना सार्वजनिक गरेकी हुन् । मी टू अभियान हलिउडबाट गत वर्ष नै शुरु भए पनि हालका दिनमा भारतमा यसले भूकम्प नै ल्याएको छ ।

मी टू अभियानकै कारण बलिउडका हस्तीहरु उदांगिएका छन् भने भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले पदबाट राजिनामा दिनुपरेको छ । आफ्नो जीवनमा भएका यौनहिंसाका घटना सामाजिक सञ्जालबाट सार्वजनिक गरिने अभियानलाई मी टू अभियान नाम दिइएको छ ।

(madisonavenuemalls.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?