बैशाखदेखि आजसम्म नेपालमा ४८ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०७४
|
|
२९ पटक हेरिएको
Shares
बैशाखदेखि आजसम्म नेपालमा ४८ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना

सारांश

  • काठमाडौं, ९ माघ ।
  • नेपालमा गत बैशाख २४ गतेदेखि आज माघ ९ गतेसम्म ४८ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनाहरु भएका छन् ।
  • नेपाल पत्रकार महासंघको सञ्चार अनुमन इकाईमा यी घटनाहरु अभिलेख भएका छन् ।

काठमाडौं, ९ माघ । नेपालमा गत बैशाख २४ गतेदेखि आज माघ ९ गतेसम्म ४८ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनाहरु भएका छन् । नेपाल पत्रकार महासंघको सञ्चार अनुमन इकाईमा यी घटनाहरु अभिलेख भएका छन् ।

यसैगरी पुस महिनामा प्रेस स्वतन्त्रता उल्लङ्घनको एउटामात्र घटना भएको थियो । व्यवसायी विनोद चौधरीद्वारा सञ्चालित विभिन्न कलकारखानाहरुले कर नतिरेको सम्बन्धमा समाचार प्रकाशित भएपछि विभिन्न नम्बरबाट “चौधरी ग्रुपले कर नतिरे तेरो के जान्छ ?” भन्दै धम्की दिएको भन्दै तीब्रखबरका कार्यकारी सम्पादक रोशन कार्कीले महासंघमा निवेदन दर्ता गराएका थिए । यो घटनाको विरोधमा महासंघले पुस १६ गते प्रेस विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारवाहीको माग सम्बन्धित पक्षसँग गरेको थियो ।

महासंघको सञ्चार अनुगमन इकाईका खगेन्द्र फुयाँलका अनुसार बैशाख २१ पछि ६ घटना, जेठमा ९, असारमा ७, साउनमा ४, भदौमा १, असोजमा ६, कार्तिकमा ६, मंसिरमा ६, पुसमा १ र माघ ९ गतेसम्म २ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनाहरु भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?