किस गरेकाे एक कराेड रूपैँया मागेपछि !

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
किस गरेकाे एक कराेड रूपैँया मागेपछि !

सारांश

  • काठमाडाै, ७ कात्तिक ।
  • ललितपुरको कुपन्डोलस्थित एक व्यवसायीको कार्यालयमा २०७५ असार १ गते एक युवती पुग्छिन्।
  • वर्षायाम भएकाले हल्का वर्षा भइरहेको हुन्छ।

काठमाडाै, ७ कात्तिक । ललितपुरको कुपन्डोलस्थित एक व्यवसायीको कार्यालयमा २०७५ असार १ गते एक युवती पुग्छिन्। वर्षायाम भएकाले हल्का वर्षा भइरहेको हुन्छ। यी तिनै युवती हुन्छिन् जोसँग ती व्यवसायीको फेसबुक म्यासेन्जरमा सामान्य कुराकानी मात्र भएको हुन्छ। आफ्नो नाम निशा अधिकारी बताउने ती युवतीले व्यवसायीलाई फेसबुकमा एड गरेर साथी बनाएकी हुन्छिन्।‘तपाइँसँग कुराकानी गर्नुछ एक पटक भेटौं न’, युवतीको प्रस्ताव हुन्छ। उनको प्रस्तावमा व्यवसायी सहमत भएपछि उनी कुपन्डोलस्थित कार्यालय पुगेकी हुन्छिन्।

कालो चश्मा, फूलबुट्टे सर्ट र जिन्स लगाएकी युवती कार्यालयमा प्रवेश गरेसँगै माहोल अर्कै बन्छ। कुराकानीका सिलसिलामा त्यहाँ आफ्नो नाम फरक भएको उनले खुलाउँछिन्। ‘मेरो घर झापा बुधबारे हो वास्तविक नाम चाहिँ ईन्दु’, उनी भन्छिन्। कुराकानीकै सिलसिलामा उनले मोबाइलमा भिडियो अन गर्छिन्। सोफामा बसेका व्यवसायीको नजिक पुग्छिन्। त्यसपछि अँगालो मार्छिन्। चुम्बन गर्छिन्। दुवैबीचका अन्तरंग क्रियाकलाप भिडियोमा कैद हुन्छन्। यहाँसम्म ठिकै हुन्छ। तर जब ईन्दु उर्फ निशा त्यहाँबाट बाहिरिन्छिन् त्यस लगत्तै ती व्यापारीको मोबाइलको फोनमा घन्टी बज्छ। ‘तेरो र निशाबीच भएको अन्तरंग क्रियाकलापको भिडियो रेकर्ड मसँग छ। एक करोड रुपैयाँ नदिए युट्युब, फेसबुकमा अपलोड गरेर चरित्र हत्या गर्दिन्छु’, गणेश लामा नाम बताउने व्यक्तिले अडियो कलिङ साइट इमोबाट फोन गर्दै भन्छन्।

आफूसँग ब्ल्याकमेलिङ गरेर पैसा असुल्न खोजेको थाहा पाएपछि व्यवसायी प्रहरीको शरणमा पुग्छन्। महानगरीय प्रहरी अपराध महाशाखाले यो घटनाको अनुसन्धान थाल्छ। अनुसन्धानले गोरखा जिल्ला पालुङ्टार–८ घर भएका बद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङ गाउँपालिका–४ स्थायी घर भएकी ईन्दिरा उप्रेती संलग्न भएको पुष्टि हुन्छ। प्रहरी खोजी सूचीमा रहेका उनीहरुलाई महाशाखाको टोलीले कार्तिक ६ गते गौशालाबाट पक्राउ गरेको छ। दुवैलाई अपराधिक लाभको कसूरमा अनुसन्धान कारवाहीका लागि महानगरीय प्रहरी परिसर पठाएको महाशाखाले उल्लेख गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?