पारसले रचे इतिहास: एकदिवसीय शतक हान्ने पहिलो नेपाली
सारांश
- काठमाडौ १४,माघ ।
- कप्तान पारस खड्का एकदिवसीय क्रिकेटमा एक सय रन (शतक)प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
- युएईविरुद्धको अन्तिम तथा तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान पारसले शतक बनाएका हुन्।
काठमाडौ १४,माघ ।कप्तान पारस खड्का एकदिवसीय क्रिकेटमा एक सय रन (शतक)प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
युएईविरुद्धको अन्तिम तथा तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान पारसले शतक बनाएका हुन्।योसँगै उनी एक दिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।उनले ९६ बलमा १०० रन बनाउँदै शतक पूरा गरेका हुन् । शतक बनाउने क्रममा १३ चौका र एक छक्का प्रहार गरे ।
उनले नियमित ओपनर उपकप्तान ज्ञानेन्द्र मल्लसंग मिलेर दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे। त्यसपछि सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी , र रोहित पौडेलले उनलाई साथ दिएका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया