रवि लामिछानेले गरे भ्रामक समाचार नबेचन अपील ।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३१, २०७६
|
|
५४ पटक हेरिएको
Shares
रवि लामिछानेले गरे भ्रामक समाचार नबेचन अपील ।

सारांश

  • माननीय मन्त्री वर्षमान पुन ज्यु र मेरो बारे फोटोशपको दुरुपयोग गरि भ्रामक समाचार बनाएर नयाँ पत्रीका दैनिक जस्तो प्रतिष्ठित पत्रीकाको समेत नाम दुरुपयोग गरि भ्रम र अफवाह फैलाउने माथी कानुनी कार्वाही सुरु भइसकेको छ।
  • ब्यक्तिगत चिनजानका आधारमा भन्नु पर्दा,माननीय मन्त्री श्री बर्षमान पुन ज्यु ज्यादै सरल र मृदुभाषी स्वभावको हुनुहुन्छ।
  • उहाँबाट त्यस्ता अभिव्यक्तिको सम्भावना नै छैन।

माननीय मन्त्री वर्षमान पुन ज्यु र मेरो बारे फोटोशपको दुरुपयोग गरि भ्रामक समाचार बनाएर नयाँ पत्रीका दैनिक जस्तो प्रतिष्ठित पत्रीकाको समेत नाम दुरुपयोग गरि भ्रम र अफवाह फैलाउने माथी कानुनी कार्वाही सुरु भइसकेको छ। ब्यक्तिगत चिनजानका आधारमा भन्नु पर्दा,माननीय मन्त्री श्री बर्षमान पुन ज्यु ज्यादै सरल र मृदुभाषी स्वभावको हुनुहुन्छ।

उहाँबाट त्यस्ता अभिव्यक्तिको सम्भावना नै छैन। मन्त्रीज्यु आफैलेपनि कहि कतै त्यस्तो अभिव्यक्ति नदिएको कुरा स्पष्ट पार्नु भएको छ भने नयाँ पत्रीकाले त्यस्ता कुनै समाग्री प्रकाशन नगरेको स्पष्ट पारेको छ। यसबाट कोहिपनि भ्रममा नपर्नुहुन म अनुरोध गर्दछु। सामाजिक संजाल प्रयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुमा Fact Check नगरी कुनैपनी सामग्री माथी समर्थन वा बिरोध नगरि दिन हुन समेत म विनम्रता पुर्वक अनुरोध गर्द्छु।गलत समाचार प्रवाह गर्नेहरु कसैका मित्र वा शुभचिन्तक होइनन् ती त यो समाजकै दुश्मन हुन,जो एक अर्कालाई लडाएर भिडाएर मनोरञ्जन लिन्छन्।

डाराएर लुकेर होईन मलाई भेटेर सिधै प्रश्न सोध्न सकिन्छ।फोटोशप गरि भ्रम छर्नेले प्रश्न गर्न खोजेको भए सुन्नु होला: भ्रष्टाचारको विरुद्ध आजीवन दरिलो आवाज उठाउने प्रण गरेको छु,आफ्नो पेशा प्रति पुर्ण बफादार छु,कुनै गैर कानुनी काम गर्ने गराउने छैन।तिर्नु पर्ने ऋण बाहेक कसैको एउटा ल्वाङपनि खाएको छैन,कसैप्रती दुर्भाव वा पुर्वाग्रह वा कुनै अपेक्षा राखि समाचार बनाएको छैन,बनाउनुपनि छैन।तैपनी पटक पटक मलाई र मेरो टिमलाई निरुत्साहित पार्ने प्रयास निरन्तर गर्नेहरुलाई धन्यवाद दिन चाहन्छु। त्यस्ता ब्यक्ती र समुहले गर्दा नै हाम्रो प्रगति भएको हो।

त्यसैले कृपया अब अर्को नयाँ फन्डा वा मसला खोजी हामीलाई अझै दरिलो हुने प्रक्टिस गराएको गराई गरिदिनु हुन अनुरोध गर्द्छु।यस्ता झुठा, आधार हिन कपोलकल्पित आरोप र लान्छनाहरु लगाएर अल्मलिने बाल्यकालमा म छैन, हुर्की सके।Time मात्र Waste हुने यस्ता नन्सेन्स प्रयास नगरीदिनु होला। गोप्य मतदान बाहेक कुनै दल, सघ,संस्थाको सदस्यता कहिल्यै लिएको छैन,कुनै दलको कार्यालयमा र कुनै दूतावासको (भिषा निले प्रयोजन बाहेक)NGO/INGO को कार्यालयमा पाईला राखेको छैन।

नेता छानी छानी भोट हाल्न सक्ने शक्तिशाली जनता र जिम्मेवार संचारकर्मी हु। खास कुरा यत्ती नै हो, एकदमै धेरै extra ईमानदारिता र आदर्शपनि खासै छ जस्तो लाग्दैन। हो,संचारकर्मीहरुको पनि आय स्रोत, सम्पत्ति, कर तिरेको न तिरेको छानबिन हुनै पर्छ।सुरुवात मै बाट गरियोस्।भनेको समय,मिति र स्थानमा आफै हाजिर हुनेछु।र PLUS , कन्फ्युज गर्ने हेड्लाइन बनाएर सामाचार बेच्ने प्रयासपनि नगरिदिन हुन म साष्टाङ्ग दण्डवत गर्दै अनुरोध गर्दछु। धन्यवाद।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​गुप्तचरका इन्सपेक्टर र प्रहरीका सइ अख्तियारको फन्दामा
​गुप्तचरका इन्सपेक्टर र प्रहरीका सइ अख्तियारको फन्दामा
ब्लड क्यान्सर भएका साथी बचाउन बालबालिका चिया बेच्दै
ब्लड क्यान्सर भएका साथी बचाउन बालबालिका चिया बेच्दै
दीपकराज जोशीको नाम सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै पार्टीले विरोध जनाएको थियोःचित्रबहादुर केसी
दीपकराज जोशीको नाम सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै पार्टीले विरोध जनाएको थियोःचित्रबहादुर केसी
प्रहरी र समाजबीच सहकार्यमा अपरिहार्य: एसएसपी थापा
प्रहरी र समाजबीच सहकार्यमा अपरिहार्य: एसएसपी थापा
कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने
कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने
पश्चिमी वायुको प्रभावले पुनः वर्षा
पश्चिमी वायुको प्रभावले पुनः वर्षा
तान्त्रिकसँग सेक्स नगरेपछि श्रीमानद्वारा श्रीमतीको हत्या
तान्त्रिकसँग सेक्स नगरेपछि श्रीमानद्वारा श्रीमतीको हत्या
डिपिआरमै अल्झियो उत्तरगङ्गा जलाशययुक्त आयोजना
डिपिआरमै अल्झियो उत्तरगङ्गा जलाशययुक्त आयोजना
महासमिति बैठकमा देउवालाई देखाईदिने पौडेलको चेतावनी
महासमिति बैठकमा देउवालाई देखाईदिने पौडेलको चेतावनी
बुटवल उपमहानगरपालिका को ताजा  मत पारीणाम
बुटवल उपमहानगरपालिका को ताजा मत पारीणाम