एक रात पनि नबिताउने गरी प्रचण्ड किन गए दिल्ली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ९ कात्तिक ।
  • नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल एक दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
  • शुक्रबार बिहान दाहाल दिल्ली प्रस्थान गरेका हुन् ।

काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल एक दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् । शुक्रबार बिहान दाहाल दिल्ली प्रस्थान गरेका हुन् । उनी आजै साँझ ८ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

नयाँ दिल्लीमा इण्डिया फाउण्डेसनले आयोजना गर्ने ‘पाँचौँ इन्डिया आइडिया कन्क्लेभ–२०१८’को उद्घाटनमा भाग लिन दाहाद दिल्ली पुगेका हुन् । मुख्य वक्ताको रूपमा उनी कार्यक्रममा सहभागी
हुँदैछन्। उनलाई सत्तारुढ दल भारतीय जनता पार्टीका महासचिवसमेत रहेका फाउण्डेसनका अध्यक्ष राम माधवले विशेष रुपमा निम्तो पठाएका हुन् ।

पार्टी एकतापछि नेकपाका अध्यक्षका हैसियतले दाहालको यो दोस्रो भारत भ्रमण हो । उनी यसअघि भदौको दोस्रो साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारतको औपचारिक भ्रमण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?