सिस्नु बिक्रीबाट लाखौँको आम्दानी

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २५, २०७४
|
|
४७ पटक हेरिएको
Shares
सिस्नु बिक्रीबाट लाखौँको आम्दानी

सारांश

  • गाईघाट, उदयपुर, २५ चैत ।
  • पहाडी गाउँ रौताका केही महिलाले वर्षेनी सिस्नु बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।
  • यस पटक पनि पुसदेखि हालसम्ममा रौता मलबाँसेकी ६३ वर्षीया रत्नमाया मगरले सिस्नु बिक्रीबाट लाखौँ रुपैयाँ आम्दानी गरेकी छिन् ।

गाईघाट, उदयपुर, २५ चैत । पहाडी गाउँ रौताका केही महिलाले वर्षेनी सिस्नु बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।

यस पटक पनि पुसदेखि हालसम्ममा रौता मलबाँसेकी ६३ वर्षीया रत्नमाया मगरले सिस्नु बिक्रीबाट लाखौँ रुपैयाँ आम्दानी गरेकी छिन् । आफूले हप्तामा तीन पटकसम्म सदरमुकाम गाईघाट झरेर रौता क्षेत्रको सिस्नु बिक्री गर्ने गरेको मगर बताउँछिन् । रौताको सिस्नु स्थानीय सामान्य होटलदेखि ठूला होटलमा पनि माग हुने गरेको छ । एक पटकमा रु तीन हजारदेखि चार हजार सम्मको सिस्नु बिक्री गर्ने गरेको उनको भनाइ छ ।

सिस्नु बिक्री गरेर नै आफूले घरमा दुई छोरी र एक छोरालाई पढाउने कामसमेत गरेको मगरको दाबी छ । मसबासेकै अर्का ६६ वर्षीया पञ्चमाया मुग्रातीले पनि पाँच वर्षदेखि निरन्तर रुपमा गाईघाट बजारमा सिस्नु बिक्री गर्दै आएकी छिन् । आफूले हिउँद महिनाभरि सिस्नु बिक्री गर्ने गरेको र हप्तामा एक–दुई पटक मात्र बिक्री गर्ने गरे पनि चार–पाँच महिनाभित्र रु ६० हजारकसम्मको कारोबार गर्ने गरेको मुग्राती बताउँछिन् । भएको एउटा छोरो सानैदेखि भारततिर लागेको र सिस्नु बिक्रीबाट दम्पतीको जीवन धानिएको उनको भनाइ छ ।

उच्च पहाडी क्षेत्रको हावापानीमा उत्पादन हुने गरेको रौताको सिस्नुको माग अहिले अधिक मात्रामा हुने गरेको छ । गाईघाट मेलिना होटलका सञ्चालक गंगाबहादुर राई भन्छन्, “होटलमा ग्राहक पनि सिस्नु र ढिँडो खान आउँछन् र आफूहरुलाई पनि सिस्नु मनपर्ने हुँदा हिउँदमा रु १५ हजारसम्मको सिस्नु खरिद गर्ने गरेको छु ।”

मुख्य गरेर त्रियुगा नगरपालिका क्षेत्रलगायत गाईघाट बजारका सर्वसाधारणदेखि होटल सञ्चालकले सिस्नु किन्न थालेपछि जिल्लाको पहाडी क्षेत्र रौताको सिस्नु व्यापार पनि ह्वात्तै बढेको सिस्नु बिक्रेता बताउँछन् ।
चैत पहाडी गाउँ रौताका केही महिलाले वर्षेनी सिस्नु बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनाब र अवरोध बीच चुनाबी माहोल
तनाब र अवरोध बीच चुनाबी माहोल
खानेपानी ट्याङ्कीमा शव फेला
खानेपानी ट्याङ्कीमा शव फेला
पूर्व डिआइजी कोइराला सम्बन्धी पूनरावलोकन निवेदनमा आज सुनुवाई हुने

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रधानमन्त्रीको प्रस्ताव

नाई मलाई थाहा छैनका गायकको नयाँ गीत सार्वजनिक

माओवादी केन्द्रले छान्यो समानुपातिकबाट प्रतिनिधिसभाका १४ सांसद (सूचीसहित)

आजको मौसमः तीन प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

कोरोनाको महामारी समाप्त नभएसम्म प्रम ओलीले तलब नलिने (भिडियो सहित)

कांग्रेस अहिले सहानुभुती देखाउनु पर्ने अवस्थामा छ – केपि ओली

सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री