‘ट्रापिक व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०८०
|
|
४८ पटक हेरिएको
Shares
‘ट्रापिक व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक’

सारांश

  • विराटनगर ।
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बतएका छन् ।
  • आजदेखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को उद्घाटन कार्यक्रममा उनले बर्सेनि हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको दृष्टान्त प्रस्तुत गरे ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बतएका छन् ।

आजदेखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को उद्घाटन कार्यक्रममा उनले बर्सेनि हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको दृष्टान्त प्रस्तुत गरे । उनले भने, “यातायात व्यवसायी, सवारी चालक, ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायतका सरोकारवाला क्षेत्रबीच आपसी सहकार्य गरी काम गर्नसकेमा दुर्घटना कारण वर्सेनि हुने मानवीय र भौतिक क्षति रोक्न सकिन्छ ।”

मुख्यमन्त्री कार्कीले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालको व्यवस्थापकीय कार्यका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको भन्दै सङ्घीय कानुनको अभावमा प्रदेश सरकार आफैँले गर्नुपर्ने कतिपय कार्य पनि गर्न नसकेको जानकारी दिए ।

अघिल्ला वर्षहरूको तुलनामा चालु वर्षमा कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनमा सुधार आएको दाबी गर्दै उनले भने, “आगामी वर्षमा थप सुधार हुने गरी काम गर्नुपर्छ ।” मुख्यमन्त्री कार्की आजै आरआरएन नामक एक गैरसरकारी संस्थाबाट सञ्चालित जलवायुजन्य विपद् जोखिमप्रति समुदायको उत्थानसील सुदृढीकरण परियोजनाको उद्घाटन गर्दै कोशी प्रदेशमा ३८ भन्दा बढी किसिमका प्रकोपको जोखिम रहेको अवगत गराए ।

जलवायुजन्य विपद्अन्तर्गत बाढी र पहिरोको जोखिम बढीरहेको बताउँदै पछिल्लो अवस्थामा जङ्गली जनवारको आक्रमणको जोखिम पनि बढ्दो क्रममा रहेको स्पष्ट पारे । उनले विपद् जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायले पूर्वतयारीमा बढी जोड दिनुपर्ने सुझाव दिए ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोलुखुम्बुमा यस वर्षको पहिलो हिउँ
सोलुखुम्बुमा यस वर्षको पहिलो हिउँ
तीन तहकाे चुनावबाट काङ्ग्रेसकाे सिद्धन्त विजयी : सभापति देउवा
कस्तो होला आलिया र सलमान खानको जोडी ?
कस्तो होला आलिया र सलमान खानको जोडी ?
गण्डकीमा बजेटः कृषि, पूर्वाधार विकासदेखि संस्कृतिको संरक्षणसम्म
गण्डकीमा बजेटः कृषि, पूर्वाधार विकासदेखि संस्कृतिको संरक्षणसम्म
२५६३ औँ बुद्ध जयन्ती विविध कार्यक्रम गरि मनाइयो
२५६३ औँ बुद्ध जयन्ती विविध कार्यक्रम गरि मनाइयो
माओवादीका लागि नेता व्यवस्थापन जटिल देखियो, यी हुन नेताहरु…
माओवादीका लागि नेता व्यवस्थापन जटिल देखियो, यी हुन नेताहरु…
कञ्चनपुर भन्सारः लक्ष्यको ७१ प्रतिशत राजस्व सङ्कलन
कञ्चनपुर भन्सारः लक्ष्यको ७१ प्रतिशत राजस्व सङ्कलन
गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच  विवाद
गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच विवाद
नारायमान विजुक्छे माथि गम्भिर आरोप लगाउँदै किन खनिए माधव नेपाल ?
नारायमान विजुक्छे माथि गम्भिर आरोप लगाउँदै किन खनिए माधव नेपाल ?
युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?
युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?