प्रधानमन्त्रीलाई छातीमा समस्या, भेट्न नेता, कार्यकर्ता अस्पतालमा
सारांश
- काठमाडौं ।
- केही दिनदेखि अस्वस्थ रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भेट्न जानेको लर्को लागेको छ ।
- आज बिहान छातीमा एक्कासी समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।
काठमाडौं । केही दिनदेखि अस्वस्थ रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भेट्न जानेको लर्को लागेको छ । आज बिहान छातीमा एक्कासी समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगिसकेका छन् । उपचारमा संलग्न डा. अरुण सायमीका अनुसार प्रधानमन्त्रीलाई चिसोका कारण स्वासप्रस्वासमा समस्या र छातीमा संक्रमण देखिएको हो ।
प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे जानकारी लिन नेता, कार्यकर्ता बिहानैदेखि अस्पताल परिसरमा उपस्थित भएका छन्।
खोकी नियन्त्रण र थप परीक्षणका लागि अस्पतालमा भर्ना हुनुपरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताएका छन् ।
किड्नी प्रत्यारोपण गरिएका कारण प्रधानमन्त्रीलाई नियमित आराम नहुँदा समस्या आएको बताएका छन् । काम र व्यस्तताका कारण खानपिनमा समय नमिलेकाले स्वास्थ्यमा समस्या देखिएको बताइएको छ ।
प्रतिक्रिया