टानको निर्वाचनमा उम्मेदवारी घोषणा

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १४, २०७६
|
|
५४ पटक हेरिएको
Shares
टानको निर्वाचनमा उम्मेदवारी घोषणा

सारांश

  • नेपाली काँग्रेस निकट पर्यटन व्यवसायीको संस्था (निट) नेपालले पदयात्रा पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समूहको तर्फबाट खुमबहादुर सुवेदीलाई उठाउने भएको छ ।
  • निट नेपालको आज बसेको बैठकले प्रजातान्त्रिक व्यवसायीको तर्फबाट हालका वरिष्ठ उपाध्यक्ष सुवेदीको नेतृत्वमा व्यवसायी समूह उठाउने निर्णय गरेको हो ।
  • सुवेदीको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितिय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, कोषाध्यक्षमा रितु ग्याम्दान, सचिवमा प्रदिप घिमिरे र सह–कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठलाई उठाउने निर्णय गरिएको निट नेपालका अध्यक्ष दीपक महतले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस निकट पर्यटन व्यवसायीको संस्था (निट) नेपालले पदयात्रा पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समूहको तर्फबाट खुमबहादुर सुवेदीलाई उठाउने भएको छ ।

निट नेपालको आज बसेको बैठकले प्रजातान्त्रिक व्यवसायीको तर्फबाट हालका वरिष्ठ उपाध्यक्ष सुवेदीको नेतृत्वमा व्यवसायी समूह उठाउने निर्णय गरेको हो ।

सुवेदीको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितिय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, कोषाध्यक्षमा रितु ग्याम्दान, सचिवमा प्रदिप घिमिरे र सह–कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठलाई उठाउने निर्णय गरिएको
निट नेपालका अध्यक्ष दीपक महतले जानकारी दिनुभयो ।

यस्तै बामपन्थी पर्यटन व्यवसायीको तर्फबाट अन्जन थापा ‘कुमार’लाई अध्यक्ष बनाउने भएको छ । थापा समूहबाट लड्ने पदाधिकारी तथा सदस्यको नामावली टुङ्ग्याउन बाँकी रहेको छ ।
टानको वार्षिक साधारणसभा तथा निर्वाचन भदौ २० गते हुने भएको छ । पर्यटन क्षेत्रको सबैभन्दा धेरै सदस्य रहेको टानमा दुई हजारभन्दा बढी साधारण सदस्यले निर्वाचनमा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अत्यावश्यक बाहेक ठूला मालवाहक सवारी काठमाडौं प्रवेशमा रोक
अत्यावश्यक बाहेक ठूला मालवाहक सवारी काठमाडौं प्रवेशमा रोक
संगठित र योजनाबद्धरूपमा राप्रपाविरुद्ध अभियान नै चलाएको स्पष्ट देखिन्छ :  थापा
संगठित र योजनाबद्धरूपमा राप्रपाविरुद्ध अभियान नै चलाएको स्पष्ट देखिन्छ : थापा
भोजपुरमा शेरधन राईमाथि बम प्रहार, सुरक्षा गार्ड घाइते (तस्विरसहित)
भोजपुरमा शेरधन राईमाथि बम प्रहार, सुरक्षा गार्ड घाइते (तस्विरसहित)
प्रहरीको बिजोग- टहरामै छ प्रहरीचौकी
प्रहरीको बिजोग- टहरामै छ प्रहरीचौकी
असोज २८ गते मंगलबारको राशिफल यस्तो छ
आउँदो बिहीबार नेपाल आउँदै भारतीय गायक टोनी कक्कर
आउँदो बिहीबार नेपाल आउँदै भारतीय गायक टोनी कक्कर
पूर्व बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज
पूर्व बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज
मन्त्रिपरिषद बस्नुअघि प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसँग भेट, के कदम चाल्लान् ?
मन्त्रिपरिषद बस्नुअघि प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसँग भेट, के कदम चाल्लान् ?
प्रधानमन्त्रीको अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त– वरिष्ठ नेता पौडेल
प्रधानमन्त्रीको अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त– वरिष्ठ नेता पौडेल
रास्वपा सभापति लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा
रास्वपा सभापति लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा