एक सिंगे गैंडा जोगाउन फुटबल प्रतियोगिता
सारांश
- नवलपरासी ।
- एकसिंगे गैँडा जोगाउन पूर्वी नवलपरासीमा ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ ।
- भोलि बिहीबारदेखि आगामी कात्तिक २९ गतेसम्म मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा फुटबल प्रतियोगिता हुनेछ ।
नवलपरासी । एकसिंगे गैँडा जोगाउन पूर्वी नवलपरासीमा ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ । भोलि बिहीबारदेखि आगामी कात्तिक २९ गतेसम्म मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा फुटबल प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडौँ, पाल्पा, मकवानपुर, विभागीयसहित १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
वर्षेनी एकसिङ्गे गैँडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितिले प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा जित्नेले ४ लाख ९९ हजार ५५५ रुपैयाँ नगद सहित पुरस्कार तथा आन्तरिक पर्यटन विकास गर्न होमस्टे भ्रमणका लागि ५१ हजार प्राप्त गर्नेछन् । त्यसैगरी उपविजेताले २ लाख ५० हजार ५५५ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, सर्वाधिक गोलकर्तालाई १० हजार रुपैयाँ दिइनेछ । गैंडा संरक्षण, वन, वन्यजन्तु संरक्षणमा युवाको सहभागिता बढाउन, खेलकुद र पर्यटनको विकास गर्न प्रतियोगिता गर्दै आएको आयोजक संस्थाले जनाएको छ ।
प्रतिक्रिया