पेट्रोलियम पदार्थको सहज उपलब्धता : अनावश्यक हल्लाको पछि नलाग्न आग्रह

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ५, २०७६
|
|
२३ पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थको सहज उपलब्धता : अनावश्यक हल्लाको पछि नलाग्न आग्रह

सारांश

  • काठमाडाैं।
  • पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अनावश्यक हल्लाको पछि नलागी पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ।
  • कोरोना भाइरस (कोभिड–१९) प्रति आम उपभोक्ता सशंकित हुँदै नेपाल–भारत सीमाना बन्द हुने आधारहीन खबरका आधारमा चाहिनेभन्दा बढी पेट्रोलियम पदार्थ भण्डारण गरी समग्र बजारलाई प्रभावित नगर्न एशोसिएशनले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गरी सबैमा अनुरोध गरेको छ।

काठमाडाैं। पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अनावश्यक हल्लाको पछि नलागी पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) प्रति आम उपभोक्ता सशंकित हुँदै नेपाल–भारत सीमाना बन्द हुने आधारहीन खबरका आधारमा चाहिनेभन्दा बढी पेट्रोलियम पदार्थ भण्डारण गरी समग्र बजारलाई प्रभावित नगर्न एशोसिएशनले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गरी सबैमा अनुरोध गरेको छ।

विज्ञप्तिमा भनिएको छ’, “प्रदेश नं १ का लागि भारतको बरौनी डिपो (जोगवनी नाका), सिलगुडी डिपो (काँकडभिट्टा नाका) र अमलेखगञ्ज बाराबाट पेट्रोलियम पदार्थ सहजरूपमा  आपूर्ति भइरहेको  छ।”

भारतीय सीमानाकाबाट सहजरूपमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेको र पेट्रोलियम पदार्थ नियमितरूपमा वितरण भइरहेको उल्लेख गर्दै विज्ञप्तिमा आधारहीन हल्लाका पछि नलागी आवश्यक मात्राको पेट्रोलियम खरिद गर्न उपभोक्तासँग अनुरोध गरिएको छ ।

यसक्षेत्रमा कार्यरत पेट्रोलियम व्यवसायी सम्पूर्ण उपभोक्ता वर्गको सेवाप्रति सदैव समर्पित रहँदै आएको हुँदा अहिले पनि पेट्रोलियम पदार्थको बिक्रीवितरण विगतझै‌ं सहजरूपमा हुने विज्ञप्तिमा जनाएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?