कोरोना भाइरस जीन अध्ययन शुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १६, २०७७
|
|
४८ पटक हेरिएको
Shares
कोरोना भाइरस जीन अध्ययन शुरु

सारांश

  • नेपालमा कोरोना भाइरस (कोभिड १९)को अनुवंश (जीन सिक्वेन्सिङ ) को अध्ययन शुरु गरिएको छ ।
  • नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो ।
  • परिषद्का कार्यकारी निर्देशक डा.

नेपालमा कोरोना भाइरस (कोभिड १९)को अनुवंश (जीन सिक्वेन्सिङ ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो ।

परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले नेपालमा सङक्रमितमा रहेको जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न शुरु भएको बताउनुभयो । कोभिड–१९ का विभिन्न जीन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जीन हो भन्ने पत्ता लगाइने छ ।

परिषद्ले यसका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर प्रक्रिया अगाडि बढाएको छ । यसैगरी त्रिभुवन विश्वविद्यालय र अन्य निजी प्रयोगशालासंग पनि सम्झौता गर्ने तयारी गरेको छ । जीनको अध्ययनका लागि काठमाडौ विश्वविद्यालयले उपकरण समेत खरिद गरेर ल्याइसकेको जनाइएको छ । परिषद्का बरिष्ठ अनुसन्धान अधिकृत डा. मेगनाथ धिमालले अध्ययनबाट कोरोना भाइरसको कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्ने बताउनुभयो ।

जीन सिक्वेन्सिङका लागि अहिले प्रयोगशालाको परीक्षण, सङक्रमित व्यक्तिको संकलित नमूना संकलन गर्ने कार्य भइरहेको छ । “जीनको अध्ययनले भाइरस कस्तो रहेको छ भन्ने थाहा हुन्छ ’’ उहाँले भन्नुभयो, “ भाइरस पत्ता लागेपछि कोभिड १९ विरुद्धको भ्याक्सिन बनेपछि प्रयोग गर्न सकिन्छ ।’’ सवै देशले आफ्नो देशमा सङक्रमित व्यक्तिमा भएको भाइरस कस्तो छ भनेर जीन सिक्वेन्सी गरिरहेका छन् ।

परिषद्ले शुरुमा १५ जना सङक्रमितको जीनको अध्ययन गर्ने छ र यसपछि ५० देखि ६० जनाको गर्ने छ । उहाँ अनुसार फरक फरक देशबाट आएका मानिसको जीनको अध्ययन गरिने छ । “हामीले फरक फरक देशबाट आएका सङक्रमित व्यक्तिको जीन अध्ययन गर्ने छौं ’’ उहाँले भन्नुभयो, “ जीन सिक्वेन्सिङले कुन देशबाट आएका मानिसमा कस्ता प्रकारको भाइरसको जीन छ भन्ने पत्ता लगाउँछ ।’’

अध्ययनबाट कोभिड १९ को संक्रमणले मानिसको रगतमा कुन कुन चीज उत्पन्न भएको छ भनेर पनि पत्ता लाग्ने छ । नेपालका संक्रमित रहेका मध्ये ९८ प्रतिशत कोभिड १९ को मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ट्रोम) नभएको पाइएको अवस्थामा अध्ययनले कुन प्रकारको जीनको कारणले यहाँका मानिसमा सङक्रमण रहेको र भाइरसको कुन चाहिँ जीन नेपालमा बढी रहेको भन्ने कुरा थाहा हुने छ ।

सङक्रमित व्यक्तिको स्बाब र रगतबाट जीन सिक्वेन्सिङ गरिने छ । जीन पत्ता लगाएपछि कोभिड– १९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने छ । चीन, अमेरिका, भारतलगायत देशले पनि कोभिड–१९ को जीनबारे अनुसन्धान शुरु गरिसकेका छन् । उहाँले जीनको अध्ययनपछि गुणस्तरिय छ कि छैन भनेर परीक्षण गर्नका लागि विश्व स्वास्थ्य संगठनको स्वीकृतमा विदेश रहेका प्रयोगशालामा समेत परीक्षण गरिने बताउनुभयो । उहाँका अनुसार १० प्रतिशत नमूना विदेशी प्रयोगशालामा समेत पठाइने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन्तला बोटबाटै बिक्री
सुन्तला बोटबाटै बिक्री
क्रिष्टियानो रोनाल्डो र एम्बापेकाे जर्सी नम्बर एउटै
लकडाउनकै समय खरबुजा फलाएर झापाको यो टोलले कमायो रु ५० लाख
लकडाउनकै समय खरबुजा फलाएर झापाको यो टोलले कमायो रु ५० लाख
आन्दोलन र पार्टी पुर्नगठनको एजेन्डामा केन्द्रित नेकपा प्रचण्ड समूहको बैठक
आन्दोलन र पार्टी पुर्नगठनको एजेन्डामा केन्द्रित नेकपा प्रचण्ड समूहको बैठक
आमाछोरीको हत्यामा संलग्न साह प्रहरीद्वारा सार्वजनिक
आमाछोरीको हत्यामा संलग्न साह प्रहरीद्वारा सार्वजनिक
मंसिर पहिलो साता चीन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
मंसिर पहिलो साता चीन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
रोशनी शाही र कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकार ‘इञ्जा अवार्ड’बाट सम्मानित
रोशनी शाही र कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकार ‘इञ्जा अवार्ड’बाट सम्मानित
‘तेस्रो चरणको चुनाव गराउन निर्वाचन आयोग सक्षम छ’
‘तेस्रो चरणको चुनाव गराउन निर्वाचन आयोग सक्षम छ’
  ८ औँ राष्ट्रिय खेलकुद :पिडालु रोपेर आलू खोज्नेहरु
  ८ औँ राष्ट्रिय खेलकुद :पिडालु रोपेर आलू खोज्नेहरु
भारतीय विदेश मन्त्रालयले भन्यो ‘गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन’
भारतीय विदेश मन्त्रालयले भन्यो ‘गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन’