रंगशालाको बार भत्काउने नेकपाका दुई कार्यकर्ता निलम्वन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १६, २०७६
|
|
५५ पटक हेरिएको
Shares
रंगशालाको बार भत्काउने नेकपाका दुई कार्यकर्ता निलम्वन

सारांश

  • चितवन।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रियल क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई निलम्वन गरेको छ।
  • पार्टीले कँडेललाई पूर्णरुपमा निलम्वन गरेको छ भने सोही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महीनाका लागि पार्टी सदस्यबाट निलम्वन गरेको हो।

चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रियल क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई निलम्वन गरेको छ। पार्टीले कँडेललाई पूर्णरुपमा निलम्वन गरेको छ भने सोही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महीनाका लागि पार्टी सदस्यबाट निलम्वन गरेको हो। पार्टीले बिहीबार जारी गरेको विज्ञप्तिमा घटनामा संलग्न सबैलाई कानूनी कारवाहीको माग गर्दै क्षतिपूर्ति भराउनसमेत आग्रह गरेको छ । पार्टीले सो घटनाप्रति दुःख व्यक्त गरेको छ ।

जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा नेकपाले धुर्मुस सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि पार्टी तयार रहेको प्रतिबद्धता जनाएको छ। कँडेल र बस्ताकोटीसहित १७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुले बुधबार बिहान निर्माणाधीन रङ्गशालाको बार र सोही ठाउँमा यसअघि भएको तारे बार डोजर लगाएर भत्काएका थिए। उनीहरुले रङ्गशालाको जग्गाबाट पश्चिमतर्फ सडक चौडा गराउन माग गर्दै आएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचथर पावरको आइपिओ बिक्री शुरु
पाँचथर पावरको आइपिओ बिक्री शुरु
निर्देशक भन्साली र सलमानको विवादले इन्शाअल्लाह रोकियो, आलियाको बिचल्ली
निर्देशक भन्साली र सलमानको विवादले इन्शाअल्लाह रोकियो, आलियाको बिचल्ली
प्रभासकाे सालार ७०० कराेडकाे यात्रातर्फ उन्मुख
प्रभासकाे सालार ७०० कराेडकाे यात्रातर्फ उन्मुख
किन खिचियो हिरासतमा रहेका लामिछानेको तस्बिर ?
किन खिचियो हिरासतमा रहेका लामिछानेको तस्बिर ?
सलमान खानले जिन्सको धागो निकालेर चपाएपछि… भिडियो देखेर प्रशंसकले दिए यस्तो प्रतिक्रिया
सलमान खानले जिन्सको धागो निकालेर चपाएपछि… भिडियो देखेर प्रशंसकले दिए यस्तो प्रतिक्रिया
राष्ट्रपति, सांसददेखि उच्च तहका नेताले विदेशमा उपचार गरे राज्यले खर्च नदिने
राष्ट्रपति, सांसददेखि उच्च तहका नेताले विदेशमा उपचार गरे राज्यले खर्च नदिने
विश्वकै ठूलो बुद्ध मूर्ति बनाउँदै नेपाली मूर्तिकारहरु
विश्वकै ठूलो बुद्ध मूर्ति बनाउँदै नेपाली मूर्तिकारहरु
भारततिर लैजाँदै गरिएका मूर्ति बरामद
भारततिर लैजाँदै गरिएका मूर्ति बरामद
मोबाइल पसल र होटल बाट सामान चोरी गर्ने समुह का २ जना पक्राउ
मोबाइल पसल र होटल बाट सामान चोरी गर्ने समुह का २ जना पक्राउ
देउवाको निर्णय उल्ट्याउँदै ओली: राष्ट्रियसभामा ३ जना सिफारिस, को–को ?
देउवाको निर्णय उल्ट्याउँदै ओली: राष्ट्रियसभामा ३ जना सिफारिस, को–को ?