घाँस काट्न जाँदा भीरबाट लडेर दुई महिलाको मृत्यु
सारांश
- बझाङ ।
- बझाङमा घाँस काट्न जाँदा लडेर दुईजनाको ज्यान गएको छ ।
- घाँस काट्न जाँदा भीरबाट लडेर मंगलबार तल्कोट गाउँपालिका–७ धामीगाउँका ३३ वर्षीया जानकी धामीको मृत्यु भएको हो ।
बझाङ । बझाङमा घाँस काट्न जाँदा लडेर दुईजनाको ज्यान गएको छ । घाँस काट्न जाँदा भीरबाट लडेर मंगलबार तल्कोट गाउँपालिका–७ धामीगाउँका ३३ वर्षीया जानकी धामीको मृत्यु भएको हो ।
भीरबाट लडेपछि घाइते भएकी धामीको जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी घाँस काट्दै गरेको बेला भीरबाट लडेर खप्तडछान्ना गोठखोलाका २२ वर्षीया पार्वती जोशीको मृत्यु भएको छ ।
घर नजिकै आफ्नै बारीमा घाँस काट्दा लडेर घाइते भएकी जोशीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया