ढुम्बावासीलाई गूमराह बनाउँने काग्रेसको चालबाजी !

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
४० पटक हेरिएको
Shares
ढुम्बावासीलाई गूमराह बनाउँने काग्रेसको चालबाजी !

सारांश

  • कार्तिक २७ काठमाडौं !
  •   ढुम्बावासीलाई गूमराह बनाउँने काग्रेसको चालबाजी,नौटङ्कीमा ईन्जिनीयरको साथ ६ महिना अघि भएको स्थानीयतह निर्वाचनमा घरपझोङ ५ ढुम्बावासीलाई मोटरेबल बल बनाईदिन्छु भन्ने झुटो आश्वासन दिएर मतदान गर्ने प्रेरित गरेको नेपाली काग्रेस मुस्ताङले आगामी मंशिर १० गते हुँने प्रतिनिधि र प्रदेश सभा निर्वाचन पनि पूनःमोटरेबल पूल बनाईदिने त्यही झुटो आश्वासन दिदै ढुम्बावासीलाई गूमराह पार्न खोजिएको छ ।
  • पहिलो पटकको स्थानीय निर्वाचनमा पूल बनाईदिने आश्वासन पाएका ढुम्बावासीले ६ महिना बितिसक्दा पनि पुल बन्ने छेकछन्द नदेखेपछि काग्रेसको आश्वासन पत्याउँन छाडेका थिए ।

कार्तिक २७ काठमाडौं !  ढुम्बावासीलाई गूमराह बनाउँने काग्रेसको चालबाजी,नौटङ्कीमा ईन्जिनीयरको साथ ६ महिना अघि भएको स्थानीयतह निर्वाचनमा घरपझोङ ५ ढुम्बावासीलाई मोटरेबल बल बनाईदिन्छु भन्ने झुटो आश्वासन दिएर मतदान गर्ने प्रेरित गरेको नेपाली काग्रेस मुस्ताङले आगामी मंशिर १० गते हुँने प्रतिनिधि र प्रदेश सभा निर्वाचन पनि पूनःमोटरेबल पूल बनाईदिने त्यही झुटो आश्वासन दिदै ढुम्बावासीलाई गूमराह पार्न खोजिएको छ ।

पहिलो पटकको स्थानीय निर्वाचनमा पूल बनाईदिने आश्वासन पाएका ढुम्बावासीले ६ महिना बितिसक्दा पनि पुल बन्ने छेकछन्द नदेखेपछि काग्रेसको आश्वासन पत्याउँन छाडेका थिए ।जनताले बिश्वास मान्न छाडेपछि काग्रेसका उम्मेदवार रोमी गौचनले पूनः पूल बनाईदिने नक्कली नाटकको मञ्चन गर्ने प्रयास गरेको छ ।यस पूलको नाटक मञ्चनमा जिल्ला ईन्जिनीयर रबिन्द्र तिवारीले समेत प्रत्यक्ष साथ दिएका छन् ।ढुम्बामा कुनै सरकारी योजना नभएको र कुनै भावी गुरुयोजना समेत नभएको ढुम्बा खोलामा पूलको नक्कली सर्भे गरेर ढुम्बावासीलाई फेरी एकपटक गुमराह बनाउँन खोजिएको बताईएको छ

।नेपाली काग्रेसको संग मिलेमतो गर्दे ईन्जिनीयर तिवारीले केहि प्राविधिक टोलीलाई ढुम्बाखोला पूलको सर्भे नापजाचका लागि पठाएका हुँन् ।नक्कली पूलको सर्भे नाटक गरेर ढुम्बावासीको जनमत पाउँने रणनीति बनाएको पूर्व बाणिज्य मन्त्री रोमी गौचनको यो हर्कत फेरी एकपटक छताछुल्ल भएको छ ।नापजाच गरेपछि जनताले पत्याउँछन् भन्ने काग्रेसको रणनिति उदाङ्गो भएको छ ।जिल्लाको बहालवाला ईन्जिनीयरले कुनै बिभागिय पत्र बिना पूलको सर्भे र लागत ईष्टमेट गर्न फिल्डमा जानु निर्वाचन आचारसहिंता बिपरित भएको एमालेका प्रतिनिधिसभा उम्मेदवार प्रेम प्रसाद तुलाचनले बताए ।उनले निर्वाचन नजिक आईरहेको बेला सरकारी कार्यालयका कर्मचारीले यसप्रकारको गतिबिधि गर्न आचारसहिता उलङ्घन भएको बताए ।

जिल्ला ईन्जिनीयर रबिन्द्र तिवारीले आफुले पूलको सर्भे गराउँन पठाउँन गम्भिर भूल भएको भन्दै माफी मागेका छन् ।उनले आफुले निर्वाचनको यो बेमौसममा दबाब परेर सर्भेका लागि प्राबिधिक पठाएको बताए ।उनले यो समय यो काम गराउनु सान्दर्भिक थिएन ।यसमा मेरो गम्भिर भूल भएको छ ।पूलको सर्भे गर्देमा पूल बन्ने होईन ।उनले भने ।

(https://ausoma.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?