सशस्त्र संघर्ष नगरी जनयुद्ध गर्छैँः बाबुराम भट्टराई

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सशस्त्र संघर्ष नगरी जनयुद्ध गर्छैँः बाबुराम भट्टराई

सारांश

  • काठमाडौं, १४ कात्तिक ।
  • नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले आफ्नो पार्टीले उन्नत खालको जनयुद्ध गर्ने घोषणा गरेका छन् ।

काठमाडौं, १४ कात्तिक । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले उन्नत खालको जनयुद्ध गर्ने घोषणा गरेका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको १५ औं संघीय वैठकको उद्घाटनमा सशस्त्र संघर्ष नगरी फरक ढङ्गले जनयुद्ध गर्ने उनले बताएका हुन् ।

उनले भने,‘भूमिगत कालको जनयुद्ध गर्दा जुन प्रकारका कठिनाइहरु हामीले भोग्यौं, दृढतापूर्वक लाग्यौं र त्यसलाई निश्कर्षमा पुर्‍याएका थियौं, अब त्यो भन्दा महान, त्यो भन्दा उन्नत प्रकृतिको एउटा संघर्ष अब हामी गर्दैछौं ।’ राजनीति भनेकै संघर्ष भएको भन्दै भट्टराईले नयाँ शक्ति पार्टीले आफुलाई स्थापित गराउन र जनतालाई आर्थिक विकास र समृद्धि दिनका लागि अब नयाँ ढङ्गले राजनीतिक संघर्ष गर्ने उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?