वाम एकताबाट कम्युनिष्ट आन्दोलनले अभूतपूर्व सफलता प्राप्त गर्ने
सारांश
- काठमाडौँ, १४ पुस ।
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पराजित हुँदा पनि नेपाली काँग्रेस नेतृत्वले सरकार नछाडेको बताएका छन् ।
- पार्टी कार्यालय धूम्रबाराहीमा शहीद हरि नेपाल र चन्द्र पुरीको ३८ औँ स्मृतिसभामा आयोजित कार्यक्रममा उनले निर्वाचनमा पराजित भएपछि स्वाभाविक रुपमा सरकार छाड्नुपर्ने भए तापनि काँग्रेसले अझै सरकार नछाडेको बताए ।
काठमाडौँ, १४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पराजित हुँदा पनि नेपाली काँग्रेस नेतृत्वले सरकार नछाडेको बताएका छन् ।
पार्टी कार्यालय धूम्रबाराहीमा शहीद हरि नेपाल र चन्द्र पुरीको ३८ औँ स्मृतिसभामा आयोजित कार्यक्रममा उनले निर्वाचनमा पराजित भएपछि स्वाभाविक रुपमा सरकार छाड्नुपर्ने भए तापनि काँग्रेसले अझै सरकार नछाडेको बताए ।
उनले वाम एकताबाट कम्युनिष्ट आन्दोलनले अभूतपूर्व सफलता प्राप्त गर्ने बताउँदै उपलब्धिलाई उपयोग गरेर मुलुकलाई समृद्धितर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार वोहराले शहीदले देखाएको बाटामा जान आह्वान गरे । ताप्लेजुङका नेपाल र संखुवासभाका पुरीलाई २०३६ सालमा आजैका दिन पञ्चायती सरकारले घर घेरी आक्रमण गरेर संखुवासभाको सिवुवा सावुन भन्ने ठाउँमा हत्या गरेको थियो । नेपाल तत्कालीन समयमा नेकपा माले कञ्चनजंघा कमिटीको सचिव थिए ।
प्रतिक्रिया