नेकपाले ५० हजार काङ्ग्रेसकाे १ लाख
सारांश
- काठमाडौँ, १६ कार्तिक ।
- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले शुक्रबार चियापान कार्यक्रम गर्दैछ ।
- दसैं–तिहार छठ लगायतका पर्वकाे अवसरमा शुभकामना आदानप्रदान गर्न शुक्रबार चियापान कार्यक्रम आयोजना गर्न लागेकाे हाे ।
काठमाडौँ, १६ कार्तिक । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले शुक्रबार चियापान कार्यक्रम गर्दैछ । दसैं–तिहार छठ लगायतका पर्वकाे अवसरमा शुभकामना आदानप्रदान गर्न शुक्रबार चियापान कार्यक्रम आयोजना गर्न लागेकाे हाे । कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख जनालाई निम्तो दिइएको पार्टीले जनाएको छ ।
ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्ला सदरमुकाममा अपराह्न १ देखि साँझ ५ बजेसम्म चियापान चल्नेछ । २०३३ सालमा कांग्रेसका संस्थापक नेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि पार्टीले हरेक वर्ष चियापान आयोजना गर्दै आएको छ ।
कार्यक्रममा सहभागी हुन कांग्रेसले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, उपप्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकारी, सुरक्षा निकाय, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति–व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मीलगायतलाई आमन्त्रण गरेको छ ।
गएकाे कात्तिक १० गते नेपाल कम्युनिष्ट पार्टिले चियापानकाे कार्यक्रम राखेकाे थियाे । जसमा ५० हजारलाई निम्ताे गरेकाे थियाे ।
प्रतिक्रिया