टान निर्वाचनको लागि लम्साल समूहको प्यानलद्वारा मनोनयन दर्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
३३ पटक हेरिएको
Shares
टान निर्वाचनको लागि लम्साल समूहको प्यानलद्वारा मनोनयन दर्ता

सारांश

  • काठमाडौं ।
  • ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को यहि १२ गते होटल हायतमा सम्पन्न हुन गईरहेको निर्वाचनको लागि प्रजातान्त्रिक र स्वतन्त्र गठबन्धनको तर्फबाट मकालु एडभेन्चरका सञ्चालक मोहन लम्सालको नेतृत्वले मनोनयन दर्ता गरेको छ ।
  • लम्साल समूहको बरिष्ठ उपाध्यक्षमा खुम बहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्वितिय उपाध्यक्षमा निलहरी बास्तोला, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्र बहादुर कार्की, कोषाध्यक्षमा सुवास केसीले मनोनयन दर्ता गरेका छन् ।

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को यहि १२ गते होटल हायतमा सम्पन्न हुन गईरहेको निर्वाचनको लागि प्रजातान्त्रिक र स्वतन्त्र गठबन्धनको तर्फबाट मकालु एडभेन्चरका सञ्चालक मोहन लम्सालको नेतृत्वले मनोनयन दर्ता गरेको छ ।

लम्साल समूहको बरिष्ठ उपाध्यक्षमा खुम बहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्वितिय उपाध्यक्षमा निलहरी बास्तोला, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्र बहादुर कार्की, कोषाध्यक्षमा सुवास केसीले मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै सह–कोषाध्यक्षमा किरण धरेल, कार्यसमिति सदस्यहरुमा शेर बहादुर परियार, तपनराज भण्डारी, लाम्गेल जांग्बु शेर्पा, जंग बहादुर लामा, आङबाबु शेर्पा, रितु ग्यान्दम, सुर्य बहादुर थापा, कुल प्रसाद सुवेदी र सरोज कट्टेलले टानको सचिवालय मालिगाउँमा भर्खरै मनोनयन दर्ता गरेका छन् ।

मनोनयन दर्ता पश्चात अध्यक्षयका प्रत्यासी मोहन लम्सालले समृद्व टान बनाउने अभियान स्वरुप आफ्नो टिम आएकाले सम्पूर्ण पदयात्रा, व्यवसायी तथा शुभचिन्तकहरुलाई सहयोग गरिदिनको लागि अपिल समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?