पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु : संयुक्त राष्ट्रसङ्घ

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
७१ पटक हेरिएको
Shares
पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु : संयुक्त राष्ट्रसङ्घ

सारांश

  • जेनेभा ।
  • लिबियामा पानीजहाज दुर्घटनामा परी दर्जनौं आप्रवासीको मृत्यु भएको छ ।
  • जहाजबाट अहिलेसम्म सात जना मात्र जीवितै अवस्थामा उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ ।

जेनेभा । लिबियामा पानीजहाज दुर्घटनामा परी दर्जनौं आप्रवासीको मृत्यु भएको छ । जहाजबाट अहिलेसम्म सात जना मात्र जीवितै अवस्थामा उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आइओएम० ले लिबियाको तटीय क्षेत्रमा मङ्गलबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ७३ आप्रवासी बेपत्ता भएको र उनीहरुको मृत्यु भएको जनाएको छ ।

राजधानी त्रिपोलीबाट करिब ७५ किलोमिटर पूर्वमा रहेको कास्र–अल–अख्यारबाट ८० जना यात्रु बोकेको डुङ्गा युरोपतर्फ जाँदै थियो ।

हालसम्म ११ जनाको मृत शरीर निकालिएको लिबियाली रेड क्रिसेन्ट र स्थानीय प्रहरीलाई उद्धृत गरी आइओएमले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायले भनेको छ, “लिबियाको तटीय क्षेत्रमा अत्यन्तै गम्भीर अवस्थामा सात जनालाई जीवित उद्धार गरिएको छ । उनीहरूको स्थानीय अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । मध्य भूमध्यसागरीय क्षेत्र विश्वको सबैभन्दा घातक आप्रवासी समुद्री मार्ग हो ।

आइओएमका अनुसार पछिल्लो दुर्घटनामा मृत्यु भएकाको सङ्ख्यासँगै यस वर्षको सुरुदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १३० पुगेको छ ।

आइओएमको ‘मिसिङ माइग्रेन्ट प्रोजेक्ट’का अनुसार सन् २०२२ मा उक्त मार्गमा एक हजार ४५० भन्दा बढी आप्रवासीको मृत्यु भएको थियो ।

सन् २०१४ यता त्यहाँ १७ हजारभन्दा बढीको मृत्यु भएको वा बेपत्ता भएको उल्लेख छ ।

आइओएमले खोज र उद्धार क्षमता बढाउन, स्पष्ट र सुरक्षित अवतरण संयन्त्र स्थापना गर्न र खतरनाक यात्रालाई कम गर्न आप्रवासनको लागि सुरक्षित र नियमित मार्गहरू स्थापना गर्न राज्यहरूले ठोस कदम चाल्न आवश्यक रहेको पनि बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा राज्य सभाका विपक्षी दलका१९ सांसद निलम्बित
भारतमा राज्य सभाका विपक्षी दलका१९ सांसद निलम्बित
प्रधानमन्त्री डढेलधुरामा, कांग्रेस–एमाले उम्मेद्धवारवीच आरोप–प्रत्यारोप : विकास नै भएन, देउवाले नगरे कसले गर्यो त ?
प्रधानमन्त्री डढेलधुरामा, कांग्रेस–एमाले उम्मेद्धवारवीच आरोप–प्रत्यारोप : विकास नै भएन, देउवाले नगरे कसले गर्यो त ?
मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
बर्दिबास अस्पताल : सेवा विस्तारले जगायो उपचार पाउने आश
बर्दिबास अस्पताल : सेवा विस्तारले जगायो उपचार पाउने आश
जनार्दन शर्मालाई कारवाही गर्ने माओवादीको तयारी
जनार्दन शर्मालाई कारवाही गर्ने माओवादीको तयारी
तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने
तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने
नेकपाको सचिवालय समिति वैठक बस्दै, सबै नेतालाई व्यस्त बनाउने तयारी
नेकपाको सचिवालय समिति वैठक बस्दै, सबै नेतालाई व्यस्त बनाउने तयारी
टेनिस स्टार सेरेनाको सन्यास
टेनिस स्टार सेरेनाको सन्यास
कोरोनाभाइरस : जोखिममा सुदूरपश्चिम
कोरोनाभाइरस : जोखिममा सुदूरपश्चिम
तोकिएको सात अस्पतालमा मात्र कोभिड १९ आकस्मिक सेवा
तोकिएको सात अस्पतालमा मात्र कोभिड १९ आकस्मिक सेवा