उपाधीका लागि पोखरा र चितवन भिड्ने !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
उपाधीका लागि पोखरा र चितवन भिड्ने !

सारांश

  • काठमाडौँ, १८ कात्तिक ।
  • चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल प्रवेश गरेको छ ।
  • आइतबार भएको खेलमा काठमाडौँ रोयल्सलाई ७ विकेटले हराउँदै चितवनले फाइनलमा पोखरा पल्टनसँगको भेट पक्का गरेको हो ।

काठमाडौँ, १८ कात्तिक । चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल प्रवेश गरेको छ । आइतबार भएको खेलमा काठमाडौँ रोयल्सलाई ७ विकेटले हराउँदै चितवनले फाइनलमा पोखरा पल्टनसँगको भेट पक्का गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.३ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । ९५ रनको लक्ष्य चितवनले मात्र ४ विकेट गुमाएर १८ दशमलब २ ओभरमा पुरा ग¥यो । काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३० तथा जयकृषन कोल्सावालाले २५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । चितवनका सनी पटेलले ३ तथा स्मित पटेल र भुवन कार्कीले समान २–२ विकेट लिएका थिए ।

चितवनले दुई ठूला विकेट सस्तैमा गुमाएपनि पछि सम्हालिएर खेल्दा जित आत्मसाथ गर्न सक्यो । चितवनका लागि स्मित पटेलले ३८ हरिशंकर शाहले २६ तथा अारिफ शेखले २० रन बनाए । चितवनका लागि विजयी रन भने सनी पटेलले हाने । स्मित पटेल अाउट भएपछि अाएका उनले विजयी रनकाे रुपमामा चाैका सहित ५ बलमा ६ रन बनाए । काठमाडौँका सुसन भारीले २ तथा पवन सर्राफले १ विकेट लिए ।

सरद भेषावकरको कप्तानी रहेको पोखरा पल्टन समुह विजेता बन्दै यसअघि नै फाइनल पुगिसकेको थियो । समान ६÷६ अंक भएपनि नेटरनरेटका आधारमा पोखरा शिर्ष स्थानमा पुगेको थियो ।

कात्तिक ९ देखि सुरु भएको प्रतियोगिता मंगलबार चितवन र पाेखराकाे फाइनल खेलसँगै सकिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?