बाह्रबिसे–तातोपानी जोड्ने पुल बाढीले बगायो
सारांश
- सिन्धुपाल्चोक, ३ भदाै ।
- सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी जोड्ने पुल बाढीले बगाएको छ।
- अबिरल बर्षापछि साँधीखोल्चामा आएको बाढी पुलमा थुनिदाँ बाह्रबिसे–तातोपानी जोड्ने पुल बगेको हो।
सिन्धुपाल्चोक, ३ भदाै ।सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी जोड्ने पुल बाढीले बगाएको छ। अबिरल बर्षापछि साँधीखोल्चामा आएको बाढी पुलमा थुनिदाँ बाह्रबिसे–तातोपानी जोड्ने पुल बगेको हो। गएराति पुल बगाए पछि बाह्रबिसे– तातोपानी सम्पर्क टुटेको छ।
पुलमा ठूला ढुंगा आएपछि खोला थुनिएर बजारमा पसेको थियो। गएराती १० बजेतिर पुल बगाएपछि सबैतिर सम्पर्कविहिनको अबस्था सिर्जना भएको स्थानीय राजेन्द्र श्रेष्ठले जानकारी दिए। दुई दिनअघि नगरपालिकाको बाह्रबिसे र खुर्सानीबजार जोड्ने पुल भीरकुना र कोसिनडाँडा हुँदै आउने साँधीखोल्साले क्षतिग्रस्त भएको थियो। भीरकुनाबाट झरेको पहिरो अझै बाह्रबिसे नआइपुगेकाले जोखिम अझै रहेको स्थानीयले बताएका छन्। पहिरोले पुल छेउका ४ घर उच्च जोखिममा परेका छन्।
बाह्रबिसेमा अहिले बाढी र पहिरोको त्रास वढेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले बताए ।त्यसैगरी पासाङल्हामु राजमार्गमा पर्ने नुवाकोटको त्रिशूली–बेत्रावती खण्डको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ। आइतबार बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ।
प्रतिक्रिया