एक युवकको फेसबुक लाइभ आत्महत्या
सारांश
- चितवन – चितवनमा एक युवकले फेसबुक लाईभ गर्दै आत्महत्या गरेका छन् ।
- कालिका नगरपालिका ७ का २५ वर्षीय निश्चल तामाङले फेसबुक लाईभ गर्दै आत्महत्या गरेका हुन् ।
- तामाङले आइतबार राती १० बजेर १३ मिनेटमा आत्महत्या गर्न प्रेरित गर्ने सकेतको स्टाटस फेसबुकमाु लेखे ।
चितवन – चितवनमा एक युवकले फेसबुक लाईभ गर्दै आत्महत्या गरेका छन् । कालिका नगरपालिका ७ का २५ वर्षीय निश्चल तामाङले फेसबुक लाईभ गर्दै आत्महत्या गरेका हुन् ।
तामाङले आइतबार राती १० बजेर १३ मिनेटमा आत्महत्या गर्न प्रेरित गर्ने सकेतको स्टाटस फेसबुकमाु लेखे । उनले शुरुमा लेखेका थिए, ‘कति जनाले लाईभ आत्महत्या गरेको हेर्न चाहनुहुन्छु?!’ आत्महत्या अघि फेसबुकमा २४ सेकेन्डको लाइभ भिडियो गरेका थिए ।
त्यसपछि उनले आमाको सल देखाउँदै त्यही सलको पासो लगाएर यसरी झुण्डिन्छु भन्ने लाइभ फेसबुकबाट गरेका थिए । उनलाई फेसबुकमा लाइभ हेर्नेहरुले निकै रोक्ने प्रयास गरेका थिए ।
कक्षा १२ मा पढ्दापढ्दै छाडेका उनी लागूदार्थको कुलतमा फसेका थिए। कुलतमा फसेपछि उनलाई पुनस्थापना केन्द्रमा राखिएको थियो । उनी एक महिना अघि पुनस्थापना केन्द्रबाट फर्किएका थिए ।
उनले सुसाइड नोट पनि लेखेर छोडेको प्रहरीले जनाएको छ । ‘मैले जति सुध्रिन खोजे पनि सुध्रिन सकिन, म राम्रो मान्छे बन्न सकिन। यो जुनीलाई यस्तै भो अर्को जुनी यहि आमाको कोखबाट जन्मिन्छु। राम्रो मान्छे भएर जन्मिन्छु’ सुसाइड नोटमा लेखेका छन् ।
आत्महत्या गर्नुको कारण आफैलाई दोष दिंदै जिम्मा समेत आफै लिने भन्दै नोटमा लेखेको प्रहरीले जनाएको छ ।
उनका बुबाले थाहा पाएर कोठामा पुग्दा उनी झुण्डिसकेका थिए । पासो काटेपनि उनलाई बचाउन नसकेको प्रहरीले जनाएको छ । प्रहरी पुग्दासम्म ढिलो भैसकेको थियो । उनी डिप्रेसनमा फसिसकेका र यसअघि पनि आत्महत्याको प्रयास गरिसकेका थिए ।
प्रतिक्रिया