प्रधानमन्त्री ओली आइसीयू कम्प्लेक्समा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २१, २०७६
|
|
२३ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली आइसीयू कम्प्लेक्समा

सारांश

  • काठमाडौँ –मिर्गौला प्रत्यारोपणको शल्यक्रिया सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेशन थिएटरबाट आइसीयू कम्प्लेक्समा सारिएको छ ।
  • ओलीलाई केहीबेरअघि अपरेशन थिएटरसँगैकौ आइसीयू कम्प्लेक्समा सारिएको छ ।
  • प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रदान गर्ने समीक्षा संग्रोलालाई पनि अपरेटिभ केयर युनिटको आइसीयुमा सारिएको छ ।

काठमाडौँ –मिर्गौला प्रत्यारोपणको शल्यक्रिया सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेशन थिएटरबाट आइसीयू कम्प्लेक्समा सारिएको छ । ओलीलाई केहीबेरअघि अपरेशन थिएटरसँगैकौ आइसीयू कम्प्लेक्समा सारिएको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रदान गर्ने समीक्षा संग्रोलालाई पनि अपरेटिभ केयर युनिटको आइसीयुमा सारिएको छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणबारे पत्रकार सम्मेलन गर्दै आधिकारिक जानकारी गराइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको शल्यक्रिया सम्पन्न भएलगत्तै उनको स्वास्थ्यवस्थाबारे जानकारी लिन मन्त्री, सांसद लगायत विशिष्ट व्यक्तिहरु अस्पताल पुगेका थिए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई, श्रममन्त्री रामेश्वर रायर उद्योग राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्री ओलीको स्वास्थ्यअवस्थाबारे जानकारी लिन अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका सदस्यहरु र सांसदहरु समेत अस्पताल पुगेका छन् । अस्पतालले प्रधानमन्त्री ओलीसँग भेट गर्न भने कसैलाई दिएको छैन । file photo

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?