सिरियामा हवाई आक्रमणमा २६ सर्वसाधारणको मृत्यू

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सिरियामा हवाई आक्रमणमा २६ सर्वसाधारणको मृत्यू

सारांश

  • कुर्दिस नेत्तृत्वको सिरियन डेमोक्रेटिक फोर्सले इस्लामिक स्टेट (आइएस) आतंककारी विरुद्ध गरिएको कारवाहीमा सिरियाकमा करिब २६ जना सर्वसाधारणको मृत्यु भएको छ ।
  • अमेरिकी नेत्तृत्वको गठबन्धन सेनाले गरेको हवाई कारबाहीमा ज्यान गुमाउनेमा बालबालिका तथा महिला समेत रहेको जनाइएको छ ।
  • उक्त हवाई कारबाही इराकसँगको सिमानामा पर्ने इयुफ्राटीज नदी नजिकै भएको हो ।

कुर्दिस नेत्तृत्वको सिरियन डेमोक्रेटिक फोर्सले इस्लामिक स्टेट (आइएस) आतंककारी विरुद्ध गरिएको कारवाहीमा सिरियाकमा करिब २६ जना सर्वसाधारणको मृत्यु भएको छ । अमेरिकी नेत्तृत्वको गठबन्धन सेनाले गरेको हवाई कारबाहीमा ज्यान गुमाउनेमा बालबालिका तथा महिला समेत रहेको जनाइएको छ ।

उक्त हवाई कारबाही इराकसँगको सिमानामा पर्ने इयुफ्राटीज नदी नजिकै भएको हो । यस क्षेत्रमा आतंककारीहरु रहेको सूचनाको आधारमा हवाई कारबाही भएको गठबन्धन सेनाले जानकारी दिएको छ । पछिल्लो समय त्यस क्षेत्रमा लगातार हवाई आक्रमण भइरहेका छन् ।

सिरियामा आतङ्ककारीलाई लक्ष्य गरी गरिने हवाई कारबाहीमा परी बारम्बार सर्वसधारणको ज्यान जाने गरेको छ । सिरियामा सन् २०११ को मार्च महिनाबाट राष्ट्रपति बसर अल असदविरुद्ध जनआन्दोलन शुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृह युद्धमा परिणत भयो । उक्त गृहयुद्धमा अल कायदा र आइएस जस्ता आतङ्ककारी समूह हाबी हुदै गए । सन् २०११ देखि हालसम्म यस युद्धमा परी ३ लाख ४० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने, लाखौैको सङ्ख्यामा सर्वसाधारण घाइते हुनुको साथै आफ्नो देशमा र विदेशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?