मन्डेलालाइ ‘गोरा न्यायधीशले जेलमै जीवन बिताउनुपर्छ भनेका थिए’

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
२५ पटक हेरिएको
Shares
मन्डेलालाइ ‘गोरा न्यायधीशले जेलमै जीवन बिताउनुपर्छ भनेका थिए’

सारांश

  • दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मन्डेलाको आज सयौं जन्मजयन्ती मनाइँदैछ।
  • उनको जन्म १९१८ जुलार्इ १८ का दिन दक्षिण अफ्रिकाको मेभजोमा भएको थियो।
  • संयुक्त राष्ट्र संघले २००९ जुलार्इ १८ लार्इ नेल्सन मन्डेला अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेदेखि विश्वभर प्रजातन्त्र स्थापनाका लागि गरेको संघर्षका लागि विभिन्न कार्यक्रम गरी उनलार्इ सम्झने गरिन्छ।

दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मन्डेलाको आज सयौं जन्मजयन्ती मनाइँदैछ। उनको जन्म १९१८ जुलार्इ १८ का दिन दक्षिण अफ्रिकाको मेभजोमा भएको थियो। संयुक्त राष्ट्र संघले २००९ जुलार्इ १८ लार्इ नेल्सन मन्डेला अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेदेखि विश्वभर प्रजातन्त्र स्थापनाका लागि गरेको संघर्षका लागि विभिन्न कार्यक्रम गरी उनलार्इ सम्झने गरिन्छ।

त्यसबेला दक्षिण अफ्रिकामा व्याप्त रुपम रहेको जातीय भेदभाव र विभाजनविरुद्ध नेल्सन मन्डेलाले संघर्ष गरेका थिए। सरकारविरुद्ध आन्दोलन गरेकाले उनलार्इ १९६२ देखी १९९० सम्म जेलमा राखिएको थियो। २७ वर्षसम्म जेलमा बन्दी बनाइएका मन्डेलाले जेलबाट धेरै पत्र लेखेका थिए। उनको सयौं जन्मदिनको अवसर पारेर डी प्रिसन लेटेरस अफ नेल्सन मन्डेला (जेलमा लेखिएका नेल्सन मन्डेलाका पत्रहरु)भन्ने किताब सार्वजनिक गरिएको छ। नेल्सन मन्डेलाले आफ्नी श्रीमती, छोरीहरु, नजिकैको साथीहरुलार्इ लेखेका धेरै भावनात्मक पत्रहरु यसअघि प्रकाशित गरिएको थिएन।

पत्रहरु नेल्सन मन्डेला फाउन्डेसनका वरिष्ठ अनुसन्धानकर्ता साहम भेनटेरले संकलन गरेका हुन्। नेल्सन मन्डेलाले गरेको संघर्ष, जेलमा भोगेका पीडा, राष्ट्रप्रतिको माया, क्रोध, परिवारसँगको विछोड इत्यादी विषयमा लेखेका पत्रहरुलार्इ समेटेर किताबको रुप दिइएको हो।  नेल्सन मन्डेलालार्इ पक्राउ गरी जेल पठाइँदा उनका छोरीहरु सानै थिए। १६ वर्ष नपुगुन्जेलसम्म छोरीहरुलार्इ मन्डेलासँग भेट्न दिइएको थिए। त्यही क्रममा नेल्सन मन्डेलाले १९६९ मा जेलमा रहँदा आफ्नो छोरीहरुलार्इ लेखेको पत्रको अंशस्

‘जेन्ड्जी भन्छिन् कि उनको मन दुखी छ र उ म कहिले फर्किन्छु भन्ने कुरा जान्न चाहन्छिन्। प्रिय मलार्इ थाहा छैन की म कहिले फर्किन्छु। सन् १९९६ मा मैले तिमीलार्इ लेखेको पत्रमा भनेको थिए कि एक गोरो न्यायधीशले मैले मेरो बाँकी जीवन जेलमै बिताउनुपर्छ भनेका थिएँ। म फर्केर आउन धेरै समय लाग्न सक्छ। या चाँडो पनि हुनसक्छ। त्यो दिन कहिले आउँछ कसैलार्इ थाहा छैन। मलार्इ यहाँ राख्नुपर्छ भन्ने न्यायधिशलार्इ समेत थाहा छैन। तर म निश्चित छु कि मेरो अन्तिम समयसम्म तिमीहरुसँग खुसीका साथ बाच्न एक दिन म घर फर्किनेछु।’

नेल्सन मन्डेलाले अफ्रिकामा प्रजातन्त्र स्थापना गर्ने गरेको संघष विश्वकै लागि उदाहरणीय बन्यो। ‘हामी संसार परिवर्तन गर्न र यसलाई राम्रो स्थान बनाउन सक्छौुं भनेका नेल्सन मन्डेलाले आफूलार्इ एक विश्वनेताका रुपमा स्थापित गरे।

जेलमै रहेर कानुनमा स्नातक गरेका नेल्सन मन्डेलाले लेखेका २५० पत्रहरु सो किताबमा रहेका छन्। सन् १९९३ मा शान्तिपूर्वक दक्षिण अफ्रिकाबाट अपारथिड शासन(जातीय विभाजन र विभेदयुक्त शासन) पद्धतिलार्इ पराजति गर्दै दक्षिण अफ्रिकामा प्रजातन्त्रको नयाँ आधार स्थापना गरेकोमा नेलसन मन्डेला र फेडरिक विल्लियम डी क्लर्कलार्इ संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार दिइएको थियो। सन् १९९४ देखी १९९९ सम्म दक्षिण अफ्रिकाको राष्ट्रपति बनेका मन्डेलाको मृत्यु २०१३ डिसेम्बर ५ मा भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?