निर्मलाका हत्यारा पत्ता नलागेपछि आमाबा धर्नामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
६२ पटक हेरिएको
Shares
निर्मलाका हत्यारा पत्ता नलागेपछि आमाबा धर्नामा

सारांश

  • काठमाडौं ।
  • कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबा हत्यारा पत्ता लाग्ने कुनै उपाय नलागेपछि धर्नामा बस्ने भएका छन ।
  • आज छोरीको हत्या भएको १ सय ९ दिन पुगेको छ ।

काठमाडौं । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबा हत्यारा पत्ता लाग्ने कुनै उपाय नलागेपछि धर्नामा बस्ने भएका छन ।

आज छोरीको हत्या भएको १ सय ९ दिन पुगेको छ । तीन महिना बढी भैसक्दासमेत हत्यारा पत्ता नलाग्दा आमाबा धर्ना बस्न लागेका हुन् ।

छिटोभन्दा छिटो हत्यारा पत्ता लगाइ कार्वाहीको माग राख्दै कन्चनपुर जिल्ला प्रशासन अगाडि धर्ना बस्ने भएका हुन् । कन्चनपुरका अन्य अधिकारकर्मी समेत धर्नामा सहभागी हुने बताइको छ ।
निर्मलाका आमाका अनुसार आज ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कार्यालय अगाडि धर्ना शुरु गर्नेछन् ।

निर्मलाको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न समिति बनाइए पनि प्रभावकारी छानविन हुन सकेको छैन । घटनाको प्रमाण जुटाउन दोषी पाइएका दुईजना प्रहरी अधिकारीलाई बर्खास्त गरिएको छ ।

घटनाको अनुसन्धानका क्रममा पछिल्लोपटक चारजनाको डीएनए परीक्षणका लागि पठाइएको छ ।
सामाजिक सञ्जालमा समेत निर्मलाका हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै सरकारको व्यापक आलोचना भैरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बदलिँदो सत्तासमिकरणसँगै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी
बदलिँदो सत्तासमिकरणसँगै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी
चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)
चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)
वाइडबडी अनियमितता सम्बन्धी प्रतिवेदन अन्तिम चरणमा
वाइडबडी अनियमितता सम्बन्धी प्रतिवेदन अन्तिम चरणमा
आयोजनाको अवधि लम्ब्याउन खोज्ने कर्मचारीलाई कारबाही: ऊर्जामन्त्री  पुनकाे
आयोजनाको अवधि लम्ब्याउन खोज्ने कर्मचारीलाई कारबाही: ऊर्जामन्त्री पुनकाे
सर्वोच्च अदालतको फैसलाविरुद्ध पूनरावलोकन गर्न प्रचण्ड सर्वोच्च अदालतमा
सर्वोच्च अदालतको फैसलाविरुद्ध पूनरावलोकन गर्न प्रचण्ड सर्वोच्च अदालतमा
तारको गुजुल्टोबाट मुक्ति पाउँदै काठमाडौँ, विद्युतीय तार भूमिगत गरिँदै
तारको गुजुल्टोबाट मुक्ति पाउँदै काठमाडौँ, विद्युतीय तार भूमिगत गरिँदै
तिहार लगत्तै त्रि.वि.का परीक्षा हुने
तिहार लगत्तै त्रि.वि.का परीक्षा हुने
प्रधानमन्त्रीको राजिनामा माग
प्रधानमन्त्रीको राजिनामा माग
तातोपानी नाका आजदेखि खुल्ने
फास्ट ट्रयाक सडक आयोजनामा देखिएका समाधानका लागि रक्षामन्त्रीको अग्रसरता
फास्ट ट्रयाक सडक आयोजनामा देखिएका समाधानका लागि रक्षामन्त्रीको अग्रसरता