चिकित्साशास्त्र अध्ययन संस्थानमा विद्यार्थीले किन गरे विरोध?

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
चिकित्साशास्त्र अध्ययन संस्थानमा विद्यार्थीले किन गरे विरोध?

सारांश

  • काठमाडौं,  २५ कात्तिक।
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थानले चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारणमा आर्थिक चलखेल गरेको भन्दै विद्यार्थीहरुले बिरोध प्रर्दशन गरेका छन्।
  • महाराजगंजस्थित चिकित्सा शास्त्र अध्ययन संस्थानको डीन कार्यालयमा आइतबार बिहान भेला भएका उनीहरुले चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण निष्पक्ष ढंगले गर्न माग गर्दै विरोध प्रर्दशन गरेका हुन्।

काठमाडौं,  २५ कात्तिक। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थानले चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारणमा आर्थिक चलखेल गरेको भन्दै विद्यार्थीहरुले बिरोध प्रर्दशन गरेका छन्। महाराजगंजस्थित चिकित्सा शास्त्र अध्ययन संस्थानको डीन कार्यालयमा आइतबार बिहान भेला भएका उनीहरुले चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण निष्पक्ष ढंगले गर्न माग गर्दै विरोध प्रर्दशन गरेका हुन्।

आर्थिक चलखेल गरेर चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण हुन थालेपछि त्यसको विरोधमा डिन कार्यालय अगाडि नै प्रर्दशन गर्नु परेको विद्यार्थी कामना केसीले जानकारी दिए। उनले मेरिटको आधारमा कोटा निर्धारण नगरेर आफूहरुमाथि डिन कार्यालयले अन्याय गरेको आरोप समेत लगाए। विद्यार्थीहरुले चिकित्सा शास्त्र अध्ययन संस्थानको प्रशासनलाई कोटा निर्धारणमा धाँधली नगर्न पनि सचेत गराएका थिए। तर डीन कार्यालयले आफूहरुको मागलाई बेवास्ता गरेको विद्यार्थीहरुको गुनासो छ।  मेरिटको आधारमा चिकित्सा शाष्त्र अध्ययनका लागि कोटा निर्धारण नगरेकोमा विद्यार्थीहरुको आपत्ति छ। उनीहरुले ५२ प्रतिशत नम्बर ल्याउने विद्यार्थीलाई कसरी चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण गरिएको भनि डीन कार्यालयलाई प्रश्न पनि गरेका छन्। मेरिट विपरित कोटा निर्धारण गरिएकोमा आफूहरुको आपत्ति रहेको विद्यार्थी कुशकुमार चौंधरीले बताए।

चिकित्सा शास्त्र अध्ययन संस्थानले मेरिटको आधारमा चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण गर्नुपर्नेमा आर्थिक चलखेलको आधारमा कोटा निर्धारण गरेको भन्दै विद्यार्थीहरुले आइतबारबाट विरोध प्रर्दशन सुरु गरेका हुन्। चिकित्सा शास्त्र अध्ययन संस्थानले चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण गर्दा आफूखुसी गर्ने गरेको गुनासो हरेक वर्ष हुने गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?