संविधान संशोधनको पक्षमा प्रचण्ड
सारांश
- काठमाडौं, २७ मंसिर।
- संविधान जारी भएर मुलुकले संघीयताको अभ्यास गरिरहेका बेला सत्तारुढ दल नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संधिवान संशोधनको प्रक्रियाबाट मात्र पूर्ण हुने दाबी गरेका छन्।
- उनले वर्तमान संविधानप्रति आफूहरुको पूर्ण समर्थन नरहेकोसमेत खुलाए।
काठमाडौं, २७ मंसिर। संविधान जारी भएर मुलुकले संघीयताको अभ्यास गरिरहेका बेला सत्तारुढ दल नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संधिवान संशोधनको प्रक्रियाबाट मात्र पूर्ण हुने दाबी गरेका छन्। उनले वर्तमान संविधानप्रति आफूहरुको पूर्ण समर्थन नरहेकोसमेत खुलाए।
बिहीबार राजधानीमा आयोजित ‘मुक्तिक डगर पत्रिका’ को विमोचन गर्दै अध्यक्ष दाहालले भने–संधिवान संशोधनको प्रक्रियाबाट मात्र पूर्ण हुन्छ। अहिलेको संविधानले परिमार्जन गर्ने ठाउँ राखेको छ, म प्रत्रानमन्त्री भएको बेला दुई पटकसम्म संविधान संशोधनको प्रयास गरेको थिएँ। विभिन्न कारणले पूरा हुन सकेन। अहिलेको संविधान संशोधन गर्नु पर्ने र संविधान गर्न सकिने नै छ।’
अध्यक्ष दाहालले वर्तमान संविधानप्रति आफूहरुले ‘रिर्जभेशन’ सहित समर्थन गरेको बताए। तत्कालीन मओवादी केन्द्रले असहमति राख्दै संविधान जारी गर्न सहमत भएको थियो। दाहाल प्रधानमन्त्री भएका बेला संविधान संशोधन प्रस्तावसमेत संसदमा दर्ता भएको थियो। तर संशोधन गर्न आवश्यक दुई तिहाइ बहुमत नपुगेपछि रोकिएको थियो।
तत्कालीन एमालेले कुनै पनि हालतमा संधिवान संशोधन गर्न नसकिने अडान लिएको थियो भने माओवादी केन्द्र, कांग्रेस र मधेस केन्द्रित दल संविधान संशोधन गर्नुपर्ने पक्षमा थिए। तर अहिले संधिवान संशोधनको विषय प्राथमिकतामा नरहेका बेला दाहालको यो अभिव्यक्तिलाई चासोका साथ हेरिएको छ। तत्कालीन दुई ध्रवमा विभाजित एमाले र माओवादी केन्द्र मिलेर अहिले नेकपा कम्युनिष्ट पार्टी गठन भएको छ। संविधान संशोधन गर्नुर्ने सर्तसहित सरकारलाई समर्थन गरेका संघीय समाजवादी फोरम नेपाल र राजपासमेतले संधिवान संशोधनको विषयलाई प्राथमिकतामा नराखेका बेला नेकपा अध्यक्षसमेत रहेका दाहालले सशोधनपछि मात्र वर्तमान संविधान पूर्ण हुने दाबी गरेका हुन्।
प्रतिक्रिया