१३ वर्षीया किशाेरी बलात्कृत, अामा सहयाेगी !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • बुटवल,  २५ कात्तिक ।
  •   गुल्मीको इश्मा गाउँपालिका–६ का एक युवक जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका छन् ।
  • १३ वर्षीया किशाेरीलाई जबरजस्ती करणी गरेकाे अभियाेगमा २५ वर्षीय रेशम बहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।

बुटवल,  २५ कात्तिक ।  गुल्मीको इश्मा गाउँपालिका–६ का एक युवक जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका छन् । १३ वर्षीया किशाेरीलाई जबरजस्ती करणी गरेकाे अभियाेगमा २५ वर्षीय रेशम बहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी प्रमुख एसपी दीपककुमार बस्नेतका अनुसार आरोपीलाई पक्राउ गरी   जवरजस्ती करणीको मुद्दामा  अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

लक्ष्मी पुजाको दिउँसो रेशमकी दिदी र  सौतेनी आमा समेतको सहयोगमा  याे घटना भएको पीडितको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ ।  रेशमले यसअघि दुई बिहे गरेपनि दुबैले छाडेर हिँडेको र ती किशाेरीलाई तेस्रो श्रीमती हुन बाध्य बनाउने उद्देश्यले उनले जबरजस्ती करणी गरेको बताइएको छ । सोही योजनाअनुसार बहिनी र सौतेनी आमाले मतियारको भूमिका खेलेको हुन सक्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका  प्रमुख  प्रहरी नावय निरीक्षक शेरबहादुर खत्रीले रेशमकी आमा र वहिनीलाई पनि सोधपुछका लागि कार्यालयमा झिकाइएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?