चिनिया राष्ट्रपतिले भेटे भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई, भेटमा यी विषयमा कुरा भयो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३१, २०७६
|
|
३२ पटक हेरिएको
Shares
चिनिया राष्ट्रपतिले भेटे भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई, भेटमा यी विषयमा कुरा भयो

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनका राष्ट्रपति सि जिङपिङसँगको भेटमा पाकिस्तानले आतंकवाद मुक्त वातावरण निर्माण गर्नुपर्ने आवश्कता औल्याएका छन् ।
  • किर्गिस्तानको बिस्केकमा भएको सांघाई सहयोग संघको सम्मेलनमा सहभागी भएका दुई नेताबीच साइडलाइन भेटमा मोदीले पाकिस्तानमाथि दबाब सृजना गर्ने विषय उठाएका हुन् ।
  • टाइम्स अफ इन्डियाले भारतीय विदेशसचिव विजय गोख्लेको भनाई उदृत्त गर्दै पाकिस्तानले आतंकवाद मुक्त वातावरण निर्माण गर्नुपर्नेमा नगरिरहेको विषय मोदीले उठाएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनका राष्ट्रपति सि जिङपिङसँगको भेटमा पाकिस्तानले आतंकवाद मुक्त वातावरण निर्माण गर्नुपर्ने आवश्कता औल्याएका छन् । किर्गिस्तानको बिस्केकमा भएको सांघाई सहयोग संघको सम्मेलनमा सहभागी भएका दुई नेताबीच साइडलाइन भेटमा मोदीले पाकिस्तानमाथि दबाब सृजना गर्ने विषय उठाएका हुन् । टाइम्स अफ इन्डियाले भारतीय विदेशसचिव विजय गोख्लेको भनाई उदृत्त गर्दै पाकिस्तानले आतंकवाद मुक्त वातावरण निर्माण गर्नुपर्नेमा नगरिरहेको विषय मोदीले उठाएका थिए । भारतले शान्तिका लागि सधै प्रयास गरिरहेको र पाकिस्तानले पनि ठोस कदम चाल्नुपर्नेमा जोड दिएका थिए । चिनियाँ राष्ट्रपति सि जिङपिङले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग बिहिबार नै भेटवार्ता गरेका थिए ।

खानसँगको भेटपछि मोदीसँग भेट भएको थियो । चीन पाकिस्तानको निकट मित्र भएकाले पनि मोदीले पाकिस्तानमाथि दबाब सृजना गर्न खोजिएको देखिन्छ । पाकिस्तानी प्रधानमन्त्री खानसँग भने मोदीको भेट भएको छैन । दुवै नेता सम्मेलनमा सहभागी भए । एउटै सम्मेलनमा सहभागी भएपनि भेट नहुनुले भारत र पाकिस्तानबीचको चीसोपन नहटेको सन्देश गएको छ ।

यसैगरी चिनियाँ राष्ट्रपति सिले भारत भ्रमण गर्ने भएका छन् । दुई नेताबीच चौंथो पटक हुने अनौपचारिक भेटवार्ताका लागि सी भारत आउने भएका हुन् । दुवै नेताबीच विगत पाँच वर्षमा दशपटक भेटवार्ता भइसकेको छ ।

यो पनि पढ्नुस्

मन्त्री परिषदको हिजोको निर्णय यस्तो छ

सरकारले भारतसँग सरकार–सरकार (जिटुजी) प्रक्रियाबाट युरिया र डिएपी मल खरीद गर्ने भएको छ । यही जेठ २३ गतेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिनुभएको हो ।

सोही बैठकले विभिन्न चार मुलुकका लागि राजदूत सिफारिसको निर्णय गरेको छ । सिफारिस भएका राजदूतमा डा वंशीधर मिश्र (बङ्गलादेश), डा नारदनाथ भारद्वाज (कतार), महेशराज दाहाल (अष्ट्रेलिया) र दावा फुटी शेर्पा (स्पेन) का लागि हुनुहुन्छ ।

बैठकले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी (पहिलो संशोधन) कार्य्विधि, २०७६ र सार्वजनिक खरीद (सातौँ संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको छ भने इन्टरनेट सेवाको मूल्य समायोजन गरेको छ ।

सरकारका प्रवक्ता बाँस्कोटाका अनुसार धितोपत्र रजत जयन्ती, शिख धर्मका संस्थापक गुरु नानकको जन्म जयन्ती र वाङ्यम शताब्दी पुरुष सत्यमोहन जोशीको शत्वार्षिकीका अवसरमा स्मारिका सिक्का टक्मारी चलन चल्तीमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिइएको छ ।

बैठकले एकीकृत स्वास्थ्य शिक्षासम्बन्धी विधेयक तर्जुमा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ भने काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश मोहम्मद साविर हुसेनलाई तोक्ने निर्णय गरेको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरीका प्रेमीको हत्या गर्ने बाबुआमा पक्राउ
छोरीका प्रेमीको हत्या गर्ने बाबुआमा पक्राउ
एकाएक अमेरिका पलायन भएका प्रेम बानियाँले अमेरिकाबाटै झटारो हाने नेताहरूलाई {भिडियो हेर्नुस}
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
शववाहन खरिद गर्न फुटसल
शववाहन खरिद गर्न फुटसल
पत्रकारलाई सूचना नदिन प्रहरी उपरीक्षककाे कडा निर्देशन
पत्रकारलाई सूचना नदिन प्रहरी उपरीक्षककाे कडा निर्देशन
डडेल्धुरामा चुनावी अभियान तीव्र
डडेल्धुरामा चुनावी अभियान तीव्र
खेलाडीलाई प्रतियोगिताको खाँचो छ: विनोद दास
खेलाडीलाई प्रतियोगिताको खाँचो छ: विनोद दास
नेपालगञ्ज समाचारः ‘हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गरौंँ’
नेपालगञ्ज समाचारः ‘हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गरौंँ’
देशलाई आर्थिक विकासको मार्गमा बढाउन सके गणतन्त्र दिवस मनाउनुको सार्थकता : सभामुख
देशलाई आर्थिक विकासको मार्गमा बढाउन सके गणतन्त्र दिवस मनाउनुको सार्थकता : सभामुख
मन्त्रिपरिषद बैठक स्थगित हुनुको कारण प्रदेशको अस्थायी मुकाम विवाद !
मन्त्रिपरिषद बैठक स्थगित हुनुको कारण प्रदेशको अस्थायी मुकाम विवाद !

तपाईंले छुटाउनुभयो कि?