भण्डारी र डा. भट्टरार्इ प्रधानमन्त्रीकाे स्वकिय सचिव र परराष्ट्र सल्लाहकार

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २६, २०७५
|
|
४७ पटक हेरिएको
Shares
भण्डारी र डा. भट्टरार्इ प्रधानमन्त्रीकाे स्वकिय सचिव र परराष्ट्र सल्लाहकार

सारांश

  • काठमाडौँ, २६ कात्तिक ।
  • प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा।
  • राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन्।

काठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा। राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन्। भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा ९एमाले० मेची काठमाडौं सम्पर्क कमिटीका अध्यक्ष हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले मन्त्रीपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उनीहरु नियुक्त भएको जानकारी दिए।  मन्त्रीपरिषद्को बैठकले छिमेकी भारतलगायत केही मुलुकका लागि राजदूतको नाम सिफारिश गरेको बताइए पनि सरकारले औपचारिकरुपमा सार्वजनिक गरेको छैन।

हरेक साता सञ्चार भेटघाट गरिने

यसैबीच सरकारका विभिन्न निर्णय, कामका समीक्षाका बारेमा हरेक साता सञ्चारकर्मीसँग नियमित अन्तरक्रिया गर्ने तयारी भएको छ। प्रेस सल्लाहकार डा। अर्यालले मन्त्रिपरिषद् बैठकका निर्णयलगायत अन्य कामका विषयमा सरकारका प्रवक्ता र पत्रकारबीच अन्तरक्रिया हुनेगरी तयारी भएको जानकारी दिए। उक्त अन्तरक्रिया सम्भवतः हरेक बिहीबार हुनेछ। उनले भने, ‘सरकारले निर्णय लुकाउन खोजेको भन्ने होइन, कसरी व्यवस्थित र प्रभावकारीरुपमा प्रवाह गर्न सकिन्छ भन्ने सोचेको हो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?