आज शुक्रवारका लागि विदेशी मुद्राको नेपाली मूल्य कति छ ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १९, २०८०
|
|
१८ पटक हेरिएको
Shares
आज शुक्रवारका लागि विदेशी मुद्राको नेपाली मूल्य कति छ ?

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ १९ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
  • आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ १९ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ५६ पैसा र बिक्री दर १३२ रुपैयाँ १६ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ ८० पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ८१ पैसा र बिक्री दर १६४ रुपैयाँ ५५ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४१ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८६ रुपैयाँ १६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?