जुहीले विवाह गर्ने फैसला गरेसँगै आमाको कार दुर्घटनामा निधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २७, २०७५
|
|
३१ पटक हेरिएको
Shares
जुहीले विवाह गर्ने फैसला गरेसँगै आमाको कार दुर्घटनामा निधन

सारांश

  • एजेन्सी।
  • जुही चावला मंगलबार आफ्नो ५१ औं जन्म दिन मनाइरहेकी छन्।
  • उनको जन्म १३ नोभेम्बर, १९६७ मा हरियाणाको अंबलामा भएको थियो।

एजेन्सी। जुही चावला मंगलबार आफ्नो ५१ औं जन्म दिन मनाइरहेकी छन्। उनको जन्म १३ नोभेम्बर, १९६७ मा हरियाणाको अंबलामा भएको थियो। कयौं सुपरहिट फिल्ममा काम गरेकी जुहीको लभस्टोरी पनि निकै रमाइलो छ।

जुहीले एक विवाहित पुरुषसँग विवाह गरेकी हुन्। उनका श्रीमानको नाम जय मेहता हो। यद्यपी जय जब पहिलो पटक जुहीसँग भेट गर्दा उनकी श्रीमती सुजाता बिडलाको निधन भएको थियो। सुजाताको निधन प्लेन दुर्घटनामा भएको थियो। त्यसपछि जय र जुहीबीच भेटघाट हुने क्रम सुरु भयो। जुही भन्दा जय मात्र सात वर्ष जेठा हुन्।

१९९२ मा जुही फिल्म ‘कारोबार’ को शुटिङ गरिरहेकी थिइन्। फिल्मका निर्देशक राकेश रोशन र व्यापारी जय मेहताबीच निकै राम्रो दोस्ती थियो।

शुटिङका क्रममा राकेशले जुही र जयबीच भेट गराएका थिए। शुटिङका क्रममा जय र जुहीको पहिलो पटक भेट भएको थियो। तर दुवैले एकअर्काप्रति खासै रुची देखाएनन्। जब जुहीलाई जयकी श्रीमतीको प्लेन दुर्घटनामा निधन भएको थाहा भयो तब उनको व्यवहारमा नै परिवर्तन आयो र दुवैबीच भेटघाट हुन थाल्यो र अफेयर चल्न थाल्यो।

जब दुवैले विवाह गर्ने विषयमा छलफल गरेका थिए तब जुहीको आमाको कार दुर्घटनामा निधन भयो। त्यसपछि जुही विक्षिप्त जस्तै भइन्। आमाको निधनपछि जुहीले विवाहका विषयमा निर्णय लिन सकिनन्। जुहीलाई आमाको शोकबाट बाहिर निकाल्न जयले धेरै सहयोग गरे। र, अन्तिममा १९९५ मा जय मेहता र जुही चावलाबीच विवाह भयो। दुवैका दुई सन्तान छोरी जाह्न्वी र छोरा अर्जुन छन्।

जुहीले १९८६ मा फिल्म ‘सल्तनत’ बाट बलिउडमा कदम राखेकी थिइन्। फिल्म सुपरफ्पल भयो। त्यसको दुई वर्षपछि फिल्म ‘कयामत से कयामत तक’ मा जुहीले काम गरिन्। फिल्म सुपरहिट भयो र जुही रातारात स्टार बनिन्। उनले कयौं हिट फिल्ममा काम गरिन्। १९९७ मा अन्तिम हिट फिल्म ‘इशक’ मा अभिनय गरेकी थिइन्। त्यसपछि उनका कुनै पनि हिट फिल्म आएका छैनन्।

जुहीका श्रीमान जय मेहता मेहता मल्टीनेशनल कम्पनी मेहता ग्रुपका ओनर हुन्। उनका सिमेन्टका दुई वटा कम्पनी छन्। शाहरुख खानसँग उनले आईपिएल टीम कोलकाता नाइटछ राइडर्सका को–ओनर हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालविकास शिक्षक र विद्यालय कर्मचारीमा माग सम्बोधन गरिनेछ : मन्त्री राई
बालविकास शिक्षक र विद्यालय कर्मचारीमा माग सम्बोधन गरिनेछ : मन्त्री राई
हरेक जिल्लामा नमूना आयोजना सम्पन्न गर्नुपर्छःमुख्यमन्त्री
हरेक जिल्लामा नमूना आयोजना सम्पन्न गर्नुपर्छःमुख्यमन्त्री
ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवस पत्रकार सम्मेलन द्वारा मनाईयो
ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवस पत्रकार सम्मेलन द्वारा मनाईयो
तनहुँ मतपरिणामः सर्वेन्द्र खनाल झन्डै ७ हजार तथा भटराई ५ हजारले पछाडी
तनहुँ मतपरिणामः सर्वेन्द्र खनाल झन्डै ७ हजार तथा भटराई ५ हजारले पछाडी
हरिहर–शकुन्तलाको जोडीलाई ‘शिव–पार्वती’ सम्मान
हरिहर–शकुन्तलाको जोडीलाई ‘शिव–पार्वती’ सम्मान
आठ राष्ट्रका नागरिकलाई अमेरिका भ्रमण गर्न प्रतिबन्ध !हेर्नुहोस कुन कुन परे लिस्ट्मा
आठ राष्ट्रका नागरिकलाई अमेरिका भ्रमण गर्न प्रतिबन्ध !हेर्नुहोस कुन कुन परे लिस्ट्मा
बिजुलीको मूल्य बढाउने भारतको प्रस्ताव : लोडसेडिङको सम्भावना बढ्यो
बिजुलीको मूल्य बढाउने भारतको प्रस्ताव : लोडसेडिङको सम्भावना बढ्यो
मदन भण्डारी लोकमार्गले रोल्पा छुने
मदन भण्डारी लोकमार्गले रोल्पा छुने
ब्राजिलमा बाँध भत्किदा सातको मृत्यु, १५० बेपत्ता
ब्राजिलमा बाँध भत्किदा सातको मृत्यु, १५० बेपत्ता
दमननाथ ढुंगानालाई दीपक  थापाको खुल्ला पत्र !
दमननाथ ढुंगानालाई दीपक थापाको खुल्ला पत्र !

तपाईंले छुटाउनुभयो कि?