दमननाथ ढुंगानालाई दीपक थापाको खुल्ला पत्र !
सारांश
- श्रीमान दमननाथ ढुंगानाज्यु, हामी भक्तपुर २ नम्बरका नागरिकहरूको तर्फबाट यहाँ जस्तो ब्यक्तित्वको मुल्यांकन गर्ने हैसियत नै छैन !
- भक्तपुर २ मा लड्न सक्ने भिड्न सक्ने एक दर्जन भन्दा बढी युवाहरूलाई पराजित गर्दै टिकट पाएर आउनुभएकोमा आम नागरिकहरु आश्चर्यमा परेका छ्न, खयर टिकट बाड्ने काम पार्टीको भएकोले यतातर्फ प्रबेश गरिरहनु अब उपयुक्त समय पनि होइन, बरु तपाईं कहिले प्रखर नेताको रुपमा कहिले प्रखर नागरिक अगुवाको रुपमा कहिले मानवअधिकारबादिको रुपमा स्थापित भै काम गर्दै आउनुभएको ब्यक्ति किन भक्तपुरको बिकाशको मुना निमोठ्न आउनुभएको होला ?
- भन्ने आम नागरिकको जिज्ञासा को उत्तर चै यहाँले दिनैपर्छ !
श्रीमान दमननाथ ढुंगानाज्यु,
हामी भक्तपुर २ नम्बरका नागरिकहरूको तर्फबाट यहाँ जस्तो ब्यक्तित्वको मुल्यांकन गर्ने हैसियत नै छैन ! भक्तपुर २ मा लड्न सक्ने भिड्न सक्ने एक दर्जन भन्दा बढी युवाहरूलाई पराजित गर्दै टिकट पाएर आउनुभएकोमा आम नागरिकहरु आश्चर्यमा परेका छ्न, खयर टिकट बाड्ने काम पार्टीको भएकोले यतातर्फ प्रबेश गरिरहनु अब उपयुक्त समय पनि होइन, बरु तपाईं कहिले प्रखर नेताको रुपमा कहिले प्रखर नागरिक अगुवाको रुपमा कहिले मानवअधिकारबादिको रुपमा स्थापित भै काम गर्दै आउनुभएको ब्यक्ति किन भक्तपुरको बिकाशको मुना निमोठ्न आउनुभएको होला ? भन्ने आम नागरिकको जिज्ञासा को उत्तर चै यहाँले दिनैपर्छ ! यहाँलाई भक्तपुर २ को नक्शा पनि थाहा छैन, भौगोलिक अबस्थिती, मतदाता संख्या र मतदाताको परिचय बारेमा त केही पनि थाहा छैन नि हैन र ? सामान्य ज्ञान पढेजस्तो गरेर त चुनाव जितिन्न होला, कम से कम अरु कुनै प्रभावमा परेर भोट दिने खालको नेचर त हामी भक्तपुर २ का नागरिकको छैन ?
काङ्ग्रेसको गढ भनेर आउनुभएको हो वा आदरणीय नेता जगन्नाथ आचार्यको योगदान रहेको ठाउँ भनेर आउनुभएको हो वा यस अघिका काङ्ग्रेसका साम्सद ज्युको समर्थनमा आउनुभएको हो भने तपाईंलाई गलत भ्रम भएको हुनुपर्छ ! होइन भने भक्तपुरको बिकाशको लागि आफू मन्त्री हुँदा र नहुदा पनि लागिपरेका युवा नेता जसले जनयुद्धको बेलादेखी चर्चा पाए, जसले बिकाश निर्माणका लागि अरबौको बजेट ल्याउन सफल भए, जसको कुशल नेतृत्वको कारण स्थानीय निकायका तिनवटा नगरपालिकाको नेतृत्व आफ्नो पकडमा राख्न सफल भए, आज उनको समर्थनमा राप्रपा, रोहित लगायतका युवा साथीहरु त लाग्नुभएकै छ, तपाईंको उपस्थितिले स्वयं काङ्ग्रेसकै युवा नेताहरु पनि आफू सफल असफल जे भए पनि समग्र भक्तपुरको बिकाश हेर्न लालायित हुनुहुन्छ र भन्दैहुनुहुन्छ, अब यसपटक महेशजीलाइ खुलेर समर्थन गरिन्छ !
म एक नागरिकको हैसियतले के मात्रै मुल्यांकन गर्ने कोसिस गर्दैछु कि तपाईं अमृत हुनुहुन्थ्यो त्यही स्थानमा रहनुभएको भए हुन्थ्यो, तर अमृत धेरै खाए बिष हुन्छ भन्ने आहानको चरितार्थ गर्न किन चुनावी मैदानमा उत्रिनु भएको हो त्यो यहाँलाई नै जानकारी होला ! २०४६/४७ देखि राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु रहेका तपाई जस्ता आदरणिय पिता सरहका नेता हार्नलाइ भक्तपुर रोज्नु हुन्नथियो, बरु आफू बसोबास गर्ने क्षत्र नै चयन गर्नुभएको भए पनि हुन्थ्यो नि हैन र ?
नीति निर्माणका लागि अपरिहार्य राष्ट्रिय ब्यक्तित्वको लागि त समानुपातिक सिट पनि त थियो नै हैन र ? राष्ट्रिय सभा, बरु प्रदेश प्रमुख जस्ता स्थानहरु पनि थिएनी त सर ! जे होस सम्माननिय हुनुहुन्छ, अब चुनावमा होमिसक्नुभएको छ, जति मत आए पनि स्विकार्न सक्ने यहाँको स्वभाव छ, जिल्लाबाट सिफारिस नभए पनि केन्द्रको आशिर्वाद पाएर आउनुभएको छ, जति गर्न सक्नुहुन्छ मेरो ब्यक्तिगत तर्फबाट त हार्दिक स्वागत छ, भोट भने महेशजिलाई नै दिने भित्री इच्छा छ !
-दीपक थापा भकतपुर क्षैत्र न २ का मतदाता तथा ब्यबसाइ हुन !
प्रतिक्रिया