हरेक जिल्लामा नमूना आयोजना सम्पन्न गर्नुपर्छःमुख्यमन्त्री

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
५६ पटक हेरिएको
Shares
हरेक जिल्लामा नमूना आयोजना सम्पन्न गर्नुपर्छःमुख्यमन्त्री

सारांश

  • त्रिशूली, नुवाकोट, ११ चैत , प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल बनाउने योजनालाई साकार बनाउन हरेक जिल्लाले एक वर्षका एउटा नमूना आयोजना सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
  • विदुर नगरपालिका– ५ देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवन उद्घाटनपछि मुख्यमन्त्री पौडेलले सानातिना योजनामा बजेट छर्नुभन्दा ठूला र देखिने योजना ल्याउन आग्रह गर्दैे भन्नुभयो, “पाँच वर्षमा पाँच वटा यस्ता महत्वपूर्ण योजना सम्पन्न गराऔंँ जसले जिल्लाको कायापलट गर्ने छ ।
  • पैसा छरेर मात्र विकास हुँदैन ।

त्रिशूली, नुवाकोट, ११ चैत , प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल बनाउने योजनालाई साकार बनाउन हरेक जिल्लाले एक वर्षका एउटा नमूना आयोजना सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।

विदुर नगरपालिका– ५ देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवन उद्घाटनपछि मुख्यमन्त्री पौडेलले सानातिना योजनामा बजेट छर्नुभन्दा ठूला र देखिने योजना ल्याउन आग्रह गर्दैे भन्नुभयो, “पाँच वर्षमा पाँच वटा यस्ता महत्वपूर्ण योजना सम्पन्न गराऔंँ जसले जिल्लाको कायापलट गर्ने छ । पैसा छरेर मात्र विकास हुँदैन ।”

मुख्यमन्त्री पौडेलले कतिपय स्थानमा वृद्धाश्रमको नाममा व्यापार समेत हुने गरेको बताउँदै नुवाकोटको जस्तो भवन हरेक जिल्लामा निर्माण गर्नुपर्छ भन्नुभयो । उहाँले पछिल्लो समय वृद्धहरुलाई परिवारले नहेर्र्ने समस्या बढेकाले परिवारबाटै हेरचाह गराउने अभियानसमेत प्रतिष्ठानले सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) जिल्ला अध्यक्ष तथा सांसद नारायणप्रसाद खतिवडाले वृद्धहरुलाई फरक रोग लाग्ने भएकाले हरेक जिल्लामा कम्तीमा एउटा ज्येष्ठ नागरिक अस्पताल निर्माण गरी आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य हीरानाथ खतिवडा, केशव पाण्डे र बद्री मैनालीले आआफ्ना धारणा राख्नु भएको थियो । विसं २०६७ मा स्थापित प्रतिष्ठानले देवीघाटनमा छ रोपनी जग्गामा चारतले भवन बनाएको छ । सरकारी कार्यालयको करीव रु एक करोड ७२ लाख र दाताबाट प्राप्त रु एक करोड ४७ लाख भवन निर्माणमा लागेको थियो ।

प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले सत्तरी ज्येष्ठ नागरिकलाई केन्द्रमा आश्रय दिन सकिने क्षमता रहेको र प्रतिष्ठान हातामा ज्येष्ठ नागरिक अस्पताल बनाउने योजना रहेको जानकारी दिनुभयो । आज नै प्रतिष्ठानले सञ्चालन गरेको शतचण्डी महायज्ञ सम्पन्न भएको छ । प्रतिष्ठानको अक्षयकोष वृद्धि गराउन महायज्ञ गरिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै पार्टीका सञ्चारमन्त्री माथि किन खनिए सांसद रामवीर मानन्धर ?
आफ्नै पार्टीका सञ्चारमन्त्री माथि किन खनिए सांसद रामवीर मानन्धर ?
विर्तामोड नगरपालिककाको वडा कार्यालयमा बम विस्फोट
दाङवासी सडकमा : दाङलाई अस्थायी मुकाम नतोके राजमार्ग ठप्प पार्ने चेतावनी
दाङवासी सडकमा : दाङलाई अस्थायी मुकाम नतोके राजमार्ग ठप्प पार्ने चेतावनी
नेपाली क्रिकेट टोली युएर्इ प्रस्थान
नेपाली क्रिकेट टोली युएर्इ प्रस्थान
हामी मान्छे कतै हराएका छौ…
हामी मान्छे कतै हराएका छौ…
रेडबुल महिला राष्ट्रिय भलिबल प्रतियोगिता एपीएफले जित्यो उपाधि
रेडबुल महिला राष्ट्रिय भलिबल प्रतियोगिता एपीएफले जित्यो उपाधि
प्रचण्डलाई पुत्र वियोग त छदैँछ फेरी थपियो अर्को पीडा…
प्रचण्डलाई पुत्र वियोग त छदैँछ फेरी थपियो अर्को पीडा…
प्रदेश सरकारले युवा विदेश पठाउन जोड : जापानी, कोरियन, अंग्रेजी भाषा सिकाउन थाल्यो
प्रदेश सरकारले युवा विदेश पठाउन जोड : जापानी, कोरियन, अंग्रेजी भाषा सिकाउन थाल्यो
राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
नेपाल भारत सम्बन्ध ईश्वरले बनाएको होः भारतीय राजदूत पुरी
नेपाल भारत सम्बन्ध ईश्वरले बनाएको होः भारतीय राजदूत पुरी