हरिहर–शकुन्तलाको जोडीलाई ‘शिव–पार्वती’ सम्मान

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ११, २०७६
|
|
३५ पटक हेरिएको
Shares
हरिहर–शकुन्तलाको जोडीलाई ‘शिव–पार्वती’ सम्मान

सारांश

  • काठमाडौं।
  • फेसियल हाउसले तीज विशेष कार्यक्रमकाबिच अग्रज कलाकारद्वय हरिहर शर्मा र शकुन्तला शर्मालाई ‘शिव पार्वती’को रुपमा सम्मान गरेको छ ।
  • हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पुर्वसन्ध्यामा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित ‘फेसियल हाउस तीज महोत्सव २०७६’ कार्यक्रममा हरिहर र शकुन्तलालाई उक्त सम्मान प्रदान गरिएको हो ।

काठमाडौं। फेसियल हाउसले तीज विशेष कार्यक्रमकाबिच अग्रज कलाकारद्वय हरिहर शर्मा र शकुन्तला शर्मालाई ‘शिव पार्वती’को रुपमा सम्मान गरेको छ ।हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पुर्वसन्ध्यामा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित ‘फेसियल हाउस तीज महोत्सव २०७६’ कार्यक्रममा हरिहर र शकुन्तलालाई उक्त सम्मान प्रदान गरिएको हो ।नेपाली वाङ्मयका विभिन्न विधा साथै नेपाली नाटक तथा फिल्म क्षेत्रमा उनीहरुको योगदानको कदर गर्दै, जीवनको हरेक पाइलामा अविचलित रहँदै एकअर्काको सारथी बनेर अगाडि बढिरहेको हरिहर–शकुन्तलाको जोडीलाई शिव–पार्वती जोडीको संज्ञा दिँदै उक्त सम्मानबाट सम्मानित गरिएको फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले बताइन् ।

कार्यक्रममा सभामुख कृष्णबहादुर महराकी धर्मपत्नी सिता महरालाई लाईफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो । महिला सशक्तिकरणका लागी लोकतान्तृक आन्दोलनमा समेत सामेल भएकी उनलाई सोही कार्यको कदर गर्दै अवार्द प्रदान गरिएको हो ।सोही कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालको आयोजनामा आगामी भदौ १८, १९ र २० गते पोखरामा हुन लागेको कार्यशाला गोष्ठीको सफलताको शुभकामना सहित आर्थिक सहयोग समेत प्रदान गरियो । प्रवन्ध निर्देशक सुष्मा महराले चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष सन्दिप सापकोटालाई २५ हजार सहयोग रकम प्रदान गरेकी हुन् ।उक्त कार्यक्रममा सुष्मा महराको शब्द, गायिका मीना निरौलाको स्वर तथा नायिका नीता ढुंगानाको अभिनय रहेको तीज गीत ‘तीज आयो’को भिडियो विमोचन समेत गरिएको थियो ।

(https://www.disabilityhelpcenter.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनसन भनेको त नन्दप्रसाद र गंगामायाको जस्तो हुनुपर्ने होईन ?
अनसन भनेको त नन्दप्रसाद र गंगामायाको जस्तो हुनुपर्ने होईन ?
बाम गठवन्धन निर्वाचन सम्मका लागि -माओबादि नेता गणेश मान पुन
बाम गठवन्धन निर्वाचन सम्मका लागि -माओबादि नेता गणेश मान पुन
हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ
हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ
जेन–जी समूहले केपी ओली र रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीद्वारा अस्वीकार
जेन–जी समूहले केपी ओली र रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीद्वारा अस्वीकार
सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता असफल
सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता असफल
खोपले ज्यान गुमाएका चार बालबालिकाको परिवारलाई १०/१० लाख
खोपले ज्यान गुमाएका चार बालबालिकाको परिवारलाई १०/१० लाख
जनतालाई दुखबाट मुक्त गराउने प्रधानमन्त्रीका तीन उपाय
जनतालाई दुखबाट मुक्त गराउने प्रधानमन्त्रीका तीन उपाय
निशानको आयोजनामा वक्तृत्वकला प्रतियोगिता हुँदै ।
निशानको आयोजनामा वक्तृत्वकला प्रतियोगिता हुँदै ।
कश्मिरमा पाकिस्तानले लान्सनायक सन्दिप थापालाई मारिदियो, भारतले चौकी उडाइदियो
कश्मिरमा पाकिस्तानले लान्सनायक सन्दिप थापालाई मारिदियो, भारतले चौकी उडाइदियो
प्रधानमन्त्रीको संसदमा सम्बोधनः मलाई किन बोल्छ भनेर सोध्छन्? -live
प्रधानमन्त्रीको संसदमा सम्बोधनः मलाई किन बोल्छ भनेर सोध्छन्? -live

तपाईंले छुटाउनुभयो कि?