बकपत्र दिने तयारीमा रहेका साक्षीको अघिल्लै रात हत्या गरेपछि…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
बकपत्र दिने तयारीमा रहेका साक्षीको अघिल्लै रात हत्या गरेपछि…

सारांश

  • जनकपुर, ३० कात्तिक।
  • महिलाको शंकास्पद मृत्यु प्रकरणमा बकपत्र दिने तयारीमा रहेका साक्षीको अघिल्लै रात हत्या भएको छ ।
  • विदेह नगरपालिका ५, मुडिवाका ६५ वर्षीय मांगैन ठाकुरको बिहीबार शव भेटिएको हो ।

जनकपुर, ३० कात्तिक। महिलाको शंकास्पद मृत्यु प्रकरणमा बकपत्र दिने तयारीमा रहेका साक्षीको अघिल्लै रात हत्या भएको छ । विदेह नगरपालिका ५, मुडिवाका ६५ वर्षीय मांगैन ठाकुरको बिहीबार शव भेटिएको हो । उनी बिहीबार जिल्ला अदालत धनुषामा बकपत्र गर्न जाने योजनामा थिए । छोरा प्रदीपका अनुसार मांगैन बुधबार साँझ साढे ६ बजे खाना खाएर घुम्न निस्केका थिए । परिवारले रातभर खोजतलास गर्दा पनि उनी भेटिएनन् ।

बिहीबार बिहान घरबाट दक्षिणतर्फ स्कुल अगाडिको खाल्टोमा परालले छोपिएको अवस्थामा शव फेला पर्‍यो । उनको घाँटी, अनुहार र आँखामा गहिरो चोट छ । मुद्दाको साक्षी प्रमाण नष्ट गर्न उनको हत्या भएको परिवारले दाबी गरेको छ । प्रदीपले भने, ‘वास्तविकता प्रहरी अनुसन्धानबाट खुल्नेछ । तर बकपत्र गर्न आउनुपूर्व मेरो पिताको हत्या भयो । यो शंकाको विषय हो कि होइन ?’ वडाध्यक्ष विजय यादवले पनि मांगैनको हत्या भएको दाबी गरे । उनले भने, ‘अनुहारमा धारिलो हतियारले काटेको निसान छ । पोस्टमार्टमपछि वास्तविकता थाहा हुन्छ ।’ सोही स्थानकी मोहनी देवीको १४ महिनाअघि मृत्यु भएको थियो । पति लक्ष्मी मण्डलले उनको हत्या भएको दाबी गर्दै भाइ रामबहादुर मण्डल, भाइबुहारीहरू तेतरी भन्ने अमिरकला, इन्दिरा तथा मनतोरियाविरुद्ध किटानी जाहेरी दिएका थिए । आरोपीलाई जिल्ला अदालतले तारेखमा छोडेको छ ।

बकपत्र गर्न बिहीबार ठाकुरसहित १३ जना अदालत जान लागेका थिए । ‘मांगैन साँचो बोल्ने र सत्यका पक्षमा उभिने व्यक्ति थिए तर जनकपुरआउने पूर्वसन्ध्यामै हत्या गरियो,’ लक्ष्मी मण्डलले भने ।विदेहका मेयर बेचन दासका भाइ लाखनदास मुद्दाको अनुसन्धान प्रभावित गर्न सक्रिय रहेको गाउँलेको आरोप छ । उनी आरोपीहरूको निकट सम्पर्कमा रहेको स्थानीयले दाबी गरेका छन् ।धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले घटनाको अनुसन्धान भइरहेको बताए । शवको पोस्टमार्टम र अनुसन्धानपछि मात्र केही भन्न सकिने उनको भनाइ छ । बकपत्र गर्न बिहीबार जिल्ला अदालतमा चार जना मात्रै हाजिर भएका छन् । राकेश मण्डल, ललित मण्डल, रामदेव मण्डल र विमल विराजी अदालत गएको लक्ष्मीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनजिओ बनेका यातायात समितिले राज्यलाई एक रुपियाँ पनि कर तिर्दैनन्
स्रोत सुनिश्चित र वस्तुगत योजना आवश्यक : शिक्षामन्त्री राई
स्रोत सुनिश्चित र वस्तुगत योजना आवश्यक : शिक्षामन्त्री राई
जंगिदै ओलीले भने ‘एमाले कुडा कर्कट जम्मा गर्ने पार्टी होइन’
सुरुङमार्गका लागि तयार भइसकेको डेढ करोडको डीपीआर थन्क्याएर नयाँ प्रक्रिया थालियो
सुरुङमार्गका लागि तयार भइसकेको डेढ करोडको डीपीआर थन्क्याएर नयाँ प्रक्रिया थालियो
भूकम्पपीडित गाउँमा चुनावी रौनकले छोएको छैन
भूकम्पपीडित गाउँमा चुनावी रौनकले छोएको छैन
थाहा पाउनुस असार १ देखि ७ गतेसम्मको राशीफल, कुन राशीले के भन्छ ?
सञ्चारकर्मी तथा गायिका कल्पनाको “ऐलेको तीज” सार्वजनिक (भिडियोसहित)
सञ्चारकर्मी तथा गायिका कल्पनाको “ऐलेको तीज” सार्वजनिक (भिडियोसहित)
जिसस विरुद्ध किन दिए प्रदेशसभा सदस्यले उजुरी ?
जिसस विरुद्ध किन दिए प्रदेशसभा सदस्यले उजुरी ?
‘जनप्रतिनिधिले आफ्नो व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने’
‘जनप्रतिनिधिले आफ्नो व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने’
टी-२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
टी-२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

तपाईंले छुटाउनुभयो कि?