‘जनप्रतिनिधिले आफ्नो व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने’

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
‘जनप्रतिनिधिले आफ्नो व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने’

सारांश

  • हेटौँडा, ७ फागुन, प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधिले आफ्नो आचरण व्यवहार र कार्यशैलीमा परिवर्तन गरी जनतालाई प्रजातन्त्रप्रतिको जनआस्था वृद्धि गर्नेतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो ।
  • उहाँले ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रदेश नं ३ प्रदेश राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समितिद्वारा आज हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय अखण्डताप्रति जगेर्ना गरी जनताको आर्थिक समृद्धि गर्नेतर्फ लाग्नुपपर्दछ भन्नुभयो ।
  • मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ अन्तर्गत केही जिल्लामा ऊर्जा शक्तिको उत्पादन गरी औद्योगिक विस्तारलाई टेवा पु¥याउन संघीय सरकारले गुरुयोजना तर्जुमा गरी राष्ट्रलाई आत्मनिर्भर बनाउने योजनालाई उच्च प्राथमिकता दिनुपर्ने विश्वास व्यक्त गर्नुभयो ।

हेटौँडा, ७ फागुन, प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधिले आफ्नो आचरण व्यवहार र कार्यशैलीमा परिवर्तन गरी जनतालाई प्रजातन्त्रप्रतिको जनआस्था वृद्धि गर्नेतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो ।

उहाँले ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रदेश नं ३ प्रदेश राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समितिद्वारा आज हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय अखण्डताप्रति जगेर्ना गरी जनताको आर्थिक समृद्धि गर्नेतर्फ लाग्नुपपर्दछ भन्नुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ अन्तर्गत केही जिल्लामा ऊर्जा शक्तिको उत्पादन गरी औद्योगिक विस्तारलाई टेवा पु¥याउन संघीय सरकारले गुरुयोजना तर्जुमा गरी राष्ट्रलाई आत्मनिर्भर बनाउने योजनालाई उच्च प्राथमिकता दिनुपर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सो अवसरमा राष्ट्रिय झण्डोत्तोलन गर्नुभएको थियो ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने क्रममा हेटौँडाको बुद्धचोकबाट निस्केको झाँकीसहितको ¥यालीले स्थानीय नगर परिक्रमा गरी सिद्धार्थ उच्च माविको प्राङ्गणमा पुगेपछि समारोहमा परिणत भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?