जिसस विरुद्ध किन दिए प्रदेशसभा सदस्यले उजुरी ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १९, २०७६
|
|
३२ पटक हेरिएको
Shares
जिसस विरुद्ध किन दिए प्रदेशसभा सदस्यले उजुरी ?

सारांश

  • जिल्ला समन्वय समिति ओखलढुङ्गाविरुद्ध प्रदेशसभा सदस्य मोहनकुमार खड्काले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु भएको छ ।
  • प्रदेश नं १ का अर्थ समितिका सभापतिसमेत रहनुभएका प्रदेशसभा सदस्य खड्काले ओखलढुङ्गा जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठविरुद्ध राहत सामग्रीमा अनियमितता गरेको भन्दै उजुरी दिनुभएको हो ।
  • सांसद खड्का नेकपा ओखलढुङ्गाका अध्यक्ष पनि हुनुहुन्छ ।

जिल्ला समन्वय समिति ओखलढुङ्गाविरुद्ध प्रदेशसभा सदस्य मोहनकुमार खड्काले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु भएको छ । प्रदेश नं १ का अर्थ समितिका सभापतिसमेत रहनुभएका प्रदेशसभा सदस्य खड्काले ओखलढुङ्गा जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठविरुद्ध राहत सामग्रीमा अनियमितता गरेको भन्दै उजुरी दिनुभएको हो । सांसद खड्का नेकपा ओखलढुङ्गाका अध्यक्ष पनि हुनुहुन्छ ।

भूकम्पपीडितलाई वितरण गरेर बाँकी रहेको करोडौँ मूल्यको राहत सामग्री जिससले मनपरी ढङ्गले वितरण गरेर दुरुपयोग गरेकाले छानबिन गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको खड्काले बताउनुभयो । जिसस प्रमुख श्रेष्ठले आफू आबद्ध दल नेपाली काङ्ग्रेसले जितेका स्थानीय तह र निकटका व्यक्तिलाई मात्रै करोडौँको राहत सामग्री आफूखुशी वितरण गरेको भन्दै छानबिनका लागि उजुरी गरेको नेकपा ओखलढुङ्गाले जनाएको छ । उजुरीमा जिल्लाको विभिन्न ठाँउमा रहेको भण्डारण कक्षबाट त्रिपाल र तारजाली मनोमानी ढङ्गले बाँडिएको विषयमा छानबिन गरी दोषीउपर कारवाहीको माग गरिएको छ ।

जिल्ला समन्वय समितिको कार्यालय परिसरमा भण्डारण गरिएको हजारौँ थान जाली र करीब ४० टनभन्दा बढी जाली बुन्न बाँकी तार अपारदर्शी ढङगले समितिले बाँडेको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो ।

यस विषयमा जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठले यो विषय ठूलो भएकाले छोटोमा भनेर नसकिने बताउनुभयो । “म अहिले जिल्ला बाहिर छु, फोेनमा के भन्नु, यसको कथा लामो छ”, जिसस प्रमुख श्रेष्ठले भन्नुभयो, “सदरमुकाम आएपछि नै विस्तृतमा भनौँला ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?