जंगिदै ओलीले भने ‘एमाले कुडा कर्कट जम्मा गर्ने पार्टी होइन’
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुडा कर्कट जम्मा गर्ने डस्विन नभएको बताएका छन् ।
- मंगलबार अनेमसंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल र झलनाथ खनाललगायतलाई कुडा कर्कटको संज्ञा दिँदै त्यस्ता मान्छेहरूलाई पुनः पार्टीमा भित्र्याउने पक्षमा एमाले नरहेको बताए ।
- उनले नेपाल र खनालहरूको नामै नलिइ कुडा कर्कटको संज्ञा दिएका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुडा कर्कट जम्मा गर्ने डस्विन नभएको बताएका छन् । मंगलबार अनेमसंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल र झलनाथ खनाललगायतलाई कुडा कर्कटको संज्ञा दिँदै त्यस्ता मान्छेहरूलाई पुनः पार्टीमा भित्र्याउने पक्षमा एमाले नरहेको बताए ।
उनले नेपाल र खनालहरूको नामै नलिइ कुडा कर्कटको संज्ञा दिएका हुन् । ओली भन्छन् ‘कुडाकर्कट जम्मा गर्ने डस्विन होइन एमाले, सुन्दर भविष्यतर्फ उन्मुख कार्यकर्ताको पार्टी हो । मरिच चाउरिएझै चाउरिनेहरुको पार्टी होइन’ उनले कम्युनिस्ट एकता गर्नुपर्छ भन्ने एमालेभित्रकै आवाजप्रति लक्षित गर्दै नेपाल र खनाललाई एमालेमा भित्र्याउने कुरा डेट एक्सफायर औषधी खाएर विरामी पर्नु जस्तो मात्रै हुने बताए ।
‘आउटडेटेड औषधी खाएर स्वास्थ्य विगार्नु हुँदैन । कोही पनि नभएका, सबैले छोडेका मान्छे ल्याएर आसन ग्रहण गराएर केही हुँदैन’, ओलीले नयाँ र फ्रेस मानिसहरु एमालेप्रति आकर्षित भइरहेका भन्दै तराईबाट बस चढेर काठमाडौंमा आउने क्रम बढिरहेको बताए । उनले वर्तमान सरकारले पुस्तकमा चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेको भन्दै त्यहीबाट हैसियत थाहा भएको बताए ।
‘प्रधानमन्त्रीको तर्फबाट छापिएको पुस्तकमा, आफैले पास गरेको चुच्चे नक्सा सर्वसम्मतिले । तर त्यो नक्सा फेरबदल गरेर किताब छाप्नुभयो । उहाँहरुको मनसाय के हो ? यस्तो सरकार फेर्नै पर्छ’, ओलीको भनाइ छ । उनले यस्तो सरकार जनादेशबाट एमालेले बदल्ने दावी समेत गरे । उनले ५ दल मात्रै नभएर १० दल लागेपनि एमालेलाई कुनै फरक नपर्ने बताए ।
प्रतिक्रिया