पुर्ब उद्योगमन्त्री बस्नेतको सक्रियतामा हनुमन्ते करिडोर निर्माणको काम तिब्र

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
पुर्ब उद्योगमन्त्री बस्नेतको सक्रियतामा हनुमन्ते करिडोर निर्माणको काम तिब्र

सारांश

  • हनुमन्ते नदीको करिडोर निर्माण कार्यमा देखिएको सिमाङ्कनको विवादलाई समाधान गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत र प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद भट्टले फिता दायाँ र वाँयाबाट समाई नगरपालिका प्रमुख तथा उपप्रमुखले सिमाङ्कनमा किला ठोकी उक्त करिडोर निर्माणको कार्य शुभारम्भ गर्नुभएको छ ।
  • लगातार तीन दिनदेखि स्थानीयवासी तथा सरोकारवाला व्यक्ति तथा संस्थासँग भएको छलफलबाट निष्कर्षमा पुग्र्दै आज उक्त करिडोर निर्माण कार्य शुभारम्भ गरिएको हो ।
  • सांसद बस्नेतको नेतृत्वमा बसेको स्थानीयवासी तथा जग्गा धनीसँगैको छलफलमा सवैको सल्लाह र सुझाव निर्माण कार्यको शुभारम्भ गरिएको छ ।

हनुमन्ते नदीको करिडोर निर्माण कार्यमा देखिएको सिमाङ्कनको विवादलाई समाधान गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत र प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद भट्टले फिता दायाँ र वाँयाबाट समाई नगरपालिका प्रमुख तथा उपप्रमुखले सिमाङ्कनमा किला ठोकी उक्त करिडोर निर्माणको कार्य शुभारम्भ गर्नुभएको छ ।

लगातार तीन दिनदेखि स्थानीयवासी तथा सरोकारवाला व्यक्ति तथा संस्थासँग भएको छलफलबाट निष्कर्षमा पुग्र्दै आज उक्त करिडोर निर्माण कार्य शुभारम्भ गरिएको हो । सांसद बस्नेतको नेतृत्वमा बसेको स्थानीयवासी तथा जग्गा धनीसँगैको छलफलमा सवैको सल्लाह र सुझाव निर्माण कार्यको शुभारम्भ गरिएको छ ।

भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका अन्तर्गत राधेराधे स्थित हनुमन्ते नदीको पुलबाट उक्त शुभारम्भ गरिएको हो । २०÷२० मिटर दायाँ बाँया र नदीको भाग २० मिटर गरी जम्मा ६० मिटरको रहने उक्त करिडोर निर्माण शुभारम्भ गरिएको हो ।

कोटेश्वरको जामलाई न्युनिकरण गर्न लोकन्थलीको मनोहरा पुलबाट राममन्दिरसम्म निर्माणकार्य अन्तिम चरणमा पुगेको छ भने बालकुमारीबाट मनोहरा हुनमन्तको दोभानसम्म सडक निर्माण गर्न सडक विभागले १६ करोड छुट्याई निर्माण कार्य द्ुत गतिमा अघि वढिरहेको छ ।

दोस्रो चरणमा चारदोवाटोदेखि राममन्दिरसम्म हुनमन्ते नदीको करिडोर निर्माण गर्ने भएको हो । जस अनुसार अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिको आयोजनामा समानन्तर कम्पनीले ८१ करोडमा निर्माण ठेक्का अनुसार आजैदेखि निर्माण कार्य शुरु गर्ने भएको छ । उक्त करिडोर कम्पनीले आफ्नो जिम्मामा रहेको ठाउँसम्म ६ महिनाभित्रमा निर्माण कार्य सम्पन्न गरिसक्ने प्रतिवद्धता जनाएको छ ।

तेस्रो चरणमा सल्लाघारीदेखि वाराही हुँदै जगातीसम्मको हनुमन्ते नदीको करिडोर निर्माण कार्य सम्पन्न हुने भएको छ ।

आगामी वर्षहरुमा बाढी तथा डुवानको समस्याबाट आम भक्तपुरका जनताले दुःख नपाउने गरी उक्त दोस्रो चरणको हनुमन्ते नदीको करिडोर निर्माण कार्य शुरु गरिएको सांसद बस्नेतले बताउनुभयो । त्यस्तै उहाँले आगामी दुई वर्ष भित्र अरनीको राजमर्गाको समानान्तर राजमार्गको रुपमा उक्त नदीको करिडोरलाई प्रयोगमा ल्याउने बताउनुभयो ।

सांसद बस्नेतको नेतृत्वमा रहेको उक्त कार्यमा सिडिओ, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, सूर्यविनायक गणका प्रमुख सेनानी (कर्नेल) शिवप्रसाद पौडेल, डिएपी मिलन केसी, जनप्रतिनिधि, राजनैतिक दलका नेता, कार्यकर्ता तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?