प्रमुख नारायण बरालको निधन

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०८०
|
|
१९ पटक हेरिएको
Shares
प्रमुख नारायण बरालको निधन

सारांश

  • गण्डकी ।
  • नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख नारायण बरालको निधन भएको छ ।
  • पार्टीको महाधिवेशन प्रतिनिधि एवम् नेपाल स्वास्थ्यकर्मी सङ्घ गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका उनको उपचारका क्रममा काठमाडौँको ह्याम्स अस्पतलामा मङ्गलबार निधन भएपछि आज पोखराको रामघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको हो ।

गण्डकी । नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख नारायण बरालको निधन भएको छ ।

पार्टीको महाधिवेशन प्रतिनिधि एवम् नेपाल स्वास्थ्यकर्मी सङ्घ गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका उनको उपचारका क्रममा काठमाडौँको ह्याम्स अस्पतलामा मङ्गलबार निधन भएपछि आज पोखराको रामघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको हो ।

बरालको पार्थिव शरीरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, महामन्त्री विषणुप्रसाद लामिछाने, नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललगायतले सामूहिकरुपमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली गरेका थिए ।

बुबा दशरथ र आमा सेतुमायाबाट २०३१ साल पुसमा जन्मिएका उनका दुई श्रीमती नमीता र तुलसी, छोरा सन्देश, छोरीहरू ज्योति र स्मृति हुन्। बरालको निधनमा दुःख व्यक्त गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले शोक विज्ञप्ति जारी गरेको छ । महामन्त्री विष्णुप्रसाद लामिछानेद्वारा जारी विज्ञप्तिमा पार्टीका कर्मठ, जुझारु एवम् सामाजिक व्यक्तित्व बरालको निधनले अपूरणीय क्षति पुगेको उल्लेख गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना एवम् शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दूरसञ्चार कम्पनीहरुको ३ अर्ब बक्यौता : अर्थ समितिले थाल्यो अध्ययन
दूरसञ्चार कम्पनीहरुको ३ अर्ब बक्यौता : अर्थ समितिले थाल्यो अध्ययन
बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय
बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय
अमेरिकी राष्ट्रपति ट्रम्प इरानी राष्ट्रपति हसन रुहानीलाई भेट्न तयार
अमेरिकी राष्ट्रपति ट्रम्प इरानी राष्ट्रपति हसन रुहानीलाई भेट्न तयार
कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर तीन करोड बढी आम्दानी
कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर तीन करोड बढी आम्दानी
ढिलासुस्ती, घुसखोरी देशकै वाधक : नेता नेपाल
ढिलासुस्ती, घुसखोरी देशकै वाधक : नेता नेपाल
स्याल समातेर बाघ बनाउँने, ..सिंह बनाएर छाड्ने ?
स्याल समातेर बाघ बनाउँने, ..सिंह बनाएर छाड्ने ?
अल हिलालसँग इन्टर मियामी पराजित
अल हिलालसँग इन्टर मियामी पराजित
स्वतन्त्र तराई निर्माण सेनाको पर्चा र एसएमजी सहीत सिरहामा एक व्यक्ति पक्राउ
स्वतन्त्र तराई निर्माण सेनाको पर्चा र एसएमजी सहीत सिरहामा एक व्यक्ति पक्राउ
प्रहरी परिसर टेकुमा पुगेर ठेकेदार भेटवालले गरे आत्मसमर्पण
प्रहरी परिसर टेकुमा पुगेर ठेकेदार भेटवालले गरे आत्मसमर्पण
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, एमालेका कार्कीलाई नियुक्त गर्न परमादेश
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, एमालेका कार्कीलाई नियुक्त गर्न परमादेश

तपाईंले छुटाउनुभयो कि?