यसकारण जस्तोसुकै प्रकोपमा पनि भारतले नेपाल र भुटानका नागरिकलाई रोक्दैन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
४९ पटक हेरिएको
Shares
यसकारण जस्तोसुकै प्रकोपमा पनि भारतले नेपाल र भुटानका नागरिकलाई रोक्दैन

सारांश

  • काठमाडौं ३० फागुन ।
  • आज मध्यरातिबाट एक महिनाका लागि भारतमा नेपाली र भुटानी नागरिकबाहेक कुनैपनि विदेशी नागरिकलाई प्रवेश रोक लगाइएको छ ।
  • उसले विदेशी नागरिकको भीसा एक महिनाकालागि बन्द गरेर रोक लगाएको हो ।

काठमाडौं ३० फागुन । आज मध्यरातिबाट एक महिनाका लागि भारतमा नेपाली र भुटानी नागरिकबाहेक कुनैपनि विदेशी नागरिकलाई प्रवेश रोक लगाइएको छ । उसले विदेशी नागरिकको भीसा एक महिनाकालागि बन्द गरेर रोक लगाएको हो ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन भारतले विदेशी पर्यटकलाई रोकेको हो । कुटनीतिक भीसा र केही महत्वपूर्ण भीसा भने बन्द गरिएको छैन । यसकारण विश्वकै ठूलो लोकतान्त्रिक मुलुक भारतमा विदेशी नागरिकको आवागमन ठप्पप्रायः छ । तर, भारतमा नेपाली र भुटानी नागरिक भने सजिलै आवातजावत् गर्दै आएका छन् । नेपाली र भुटानी नागरिकका हकमा आवत्जावत्मा रोक छैन । यसको मुख्य कारण दुवै देशका नागरिकलाई भारतले भीसा नलाग्ने व्यवस्था गर्दै आएको छ । भारतीय नागरिकलाई नेपाल र भुटान प्रवेश गर्न पनि भीसा लाग्दैन ।

भारतले सीमामा कडाई गरिसकेको छ । काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाली नागरिकका लागि रहिआएको यात्रा प्रबन्धलाई कुनै प्रभाव नपार्ने जनाइसकेको छ ।

नेपाली नागरिकको भारत प्रवेश र भारतीय नागरिकको नेपाल प्रवेश रोक असम्भवप्रायः नै छ । साँढे १८ सय किलोमिटर सीमा जोडिएको नेपाल र भारतबीच सहज आवत्जावत भौगोलिक र सांस्कृतिक सम्बन्धले बन्दै आएको छ । कतिपय सीमापार ठाउँहरु एउटै गाउँ जस्तै छन् । नातासम्बन्ध वारीपारी कायम छ । यसकारण जुनसुकै प्राकृतिक विपत्तिका बेला पनि सीमा ठप्प पारेर रोक्नु असम्भव हुनेगरेको छ ।

दुई देशको सीमा क्षेत्रमा समस्या भएमा मिलेर सामना गर्नुको विकल्प छैन । नेपालको उत्तर चीनसँगको सम्बन्धमा भूगोलले जति कठिनाई बनाएको छ भारतसँग भूगोलले नै सहज बनाउँदै आएको छ । प्राकृतिक विपत्तिको बेलामा यो सिद्ध हुनेगरेको छ । अहिले कोरोना भाइरसको संक्रमण भारतमा बढ्दै जाँदा नेपालमा त्रास बढेको छ । यसअघि चीनबाट भाइरस शुरु भएको थियो । तर, चीनसँगको भौगोलिक पर्खालले बनाएको दूरीका कारण नेपालीहरु खासै आत्तिएका थिएनन् । अहिले भारतमा कोरोना फैलिएको र त्यसमाथि पनि उत्तर प्रदेशमा ११ जनामा संक्रमण भेटिइसकेकाले त्रास बढेको छ ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भदाै महिनाकाे काठमाण्डौँ प्रहरी अवार्ड प्रदान , को-को भए उत्कृष्ट ?
भदाै महिनाकाे काठमाण्डौँ प्रहरी अवार्ड प्रदान , को-को भए उत्कृष्ट ?
राप्रपाद्वारा पार्टी पदाधिकारी बैठक आह्वान
राप्रपाद्वारा पार्टी पदाधिकारी बैठक आह्वान
नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न शान्ति समाजको माग
नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न शान्ति समाजको माग
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
आफू पनि भष्ट्राचार गर्दिन, अरुलाई पनि गर्न दिन्नः रक्षामन्त्री
आफू पनि भष्ट्राचार गर्दिन, अरुलाई पनि गर्न दिन्नः रक्षामन्त्री
राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
युभेन्ट्सका तीन स्टार खेलाडी टिम बाहिर!
युभेन्ट्सका तीन स्टार खेलाडी टिम बाहिर!
रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन
रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन
भारतमा बिजुलीको भाउ बढेपछि नेपालमा समस्या, आज रातिदेखि १९ रुपैयाँ प्रतियुनिटमा आयात हुने
कास्की-२ मा कस्को पल्ला भारी?
कास्की-२ मा कस्को पल्ला भारी?