अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”

सारांश

  • काठमाडौं, २८ असार ।
  • पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधि तथा नेपालका कन्ट्री म्यानेजर फारिस हदाद–जर्वोसले भेट गरेका छन् ।
  • बिहीवार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा विश्व बैंकले खेल्ने भूमिकाका बिषयमा छलफल भएको थियो ।

काठमाडौं, २८ असार । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधि तथा नेपालका कन्ट्री म्यानेजर फारिस हदाद–जर्वोसले भेट गरेका छन् । बिहीवार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा विश्व बैंकले खेल्ने भूमिकाका बिषयमा छलफल भएको थियो ।

अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा ७० वर्षपछि राजनीतिक स्थिरता कायम भएको उल्लेख गर्दै आर्थिक विकासका लागि सुवर्ण अवसर भएको बताए । अध्यक्षले नेपालको समृद्धिको अभियानमा आफूहरुले विश्व बैंकबाट सल्लाह, सहयोग र सहकार्य चाहेको बताए ।

अध्यक्ष प्रचण्डले भने, “हामीसँग तीनवटा (स्थानीय, प्रादेशिक र संघीय) सरकार रहेका छन् । हामी हाम्रा प्राथमिकता निर्धारण गर्छौं । जनताले प्रत्यक्ष अनुभूत गर्ने विकास योजना नै हाम्रा प्राथमिकतामा रहनेछन् ।” अध्यक्ष प्रचण्डले नेपालको विकासका प्राथमिकतामा ठूला जलविद्युत परियोजनाहरु र पर्यटनका साथै मुख्यरुपमा कृषिमा आधारित उद्योग नै रहेको बताए ।

भेटका अवसरमा कन्ट्री म्यानेजर जर्वोसले नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै प्रशन्नता व्यक्त गरे । उनले आफूहरुसँग विभिन्न देशका आर्थिक विकासका अनुभव रहेको बताउँदै ती अनुभव नेपालको विकासमा उपयोगी हुने उल्लेख गरे । जर्वोसले भने, “हामी पूर्वाधार विकासमा केन्द्रित हुन्छौं र सरकारको मातहत बसेर काम गर्छौं । तपाईहरुको प्रगति नै हाम्रो प्रगति हो ।”

नेपालको विकासमा उच्च प्राथमिकतामा रहेको कृषिमा आधारित उद्योगको पूर्वाधार निर्माणमा सहयोग गर्ने उनको प्रतिवद्धता थियो । म्यानेजर जर्वोसले विकास निर्माण भन्ने कुरा कुनै जागिर मात्र नभएर एक यात्रा बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कलिला किशोरीसँग रमाउने लत लागेका अर्बपति फन्दामा
कलिला किशोरीसँग रमाउने लत लागेका अर्बपति फन्दामा
छोरीको बिहे छिनेर फर्केका सचिव मृत भेटिएः यसरी हुँदैछ खोजीकार्य (तस्बिरसहित)
छोरीको बिहे छिनेर फर्केका सचिव मृत भेटिएः यसरी हुँदैछ खोजीकार्य (तस्बिरसहित)
विश्व क्रिकेट लिग च्याम्पियनसीप छनौटमा को परे को बाहिरिए ?
विश्व क्रिकेट लिग च्याम्पियनसीप छनौटमा को परे को बाहिरिए ?
कांग्रेसले जितेको स्थानीय तहमा कर बृद्धि हुँदैन : महामन्त्री कोइराला
कांग्रेसले जितेको स्थानीय तहमा कर बृद्धि हुँदैन : महामन्त्री कोइराला
रविविरुद्ध ३ कसुर प्रमाणित भए कम्तीमा ७ वर्षसम्म जेल सजाय
रविविरुद्ध ३ कसुर प्रमाणित भए कम्तीमा ७ वर्षसम्म जेल सजाय
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?
‘छक्का पञ्जा २’को पोस्टर सार्वजनिक
‘छक्का पञ्जा २’को पोस्टर सार्वजनिक
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
Breaking News ललितपुर महानगर मेयरमा एमाले अगाडी
Breaking News ललितपुर महानगर मेयरमा एमाले अगाडी
कांग्रेस बैठकः अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा
कांग्रेस बैठकः अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा