वार्सटइनर पाचौ राष्ट्रिय ईकुष्ट्रीयन च्याम्पियनसिप हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
२० पटक हेरिएको
Shares
वार्सटइनर पाचौ राष्ट्रिय ईकुष्ट्रीयन च्याम्पियनसिप हुने

सारांश

  • काठमाडौँ, १० मंसिर।
  • आगामी मङ्सिर १५ गते काठमाडौँको टुँडिखेलमा पाचौ राष्ट्रिय ईकुष्ट्रीयन च्याम्पियनसिप हुने भएको छ।
  • नेपाल ईकुष्ट्रीयन एसोसियसनको आयोजना तथा नेपाल खेलकुद परिषद र नेपाल काभालरीको संयुक्त प्रयासमा सो कार्यक्रम हुन् लागेको नेपाल ईकुष्ट्रीयन एसोसियसनका अध्यक्ष रवि राजकर्णिकारले जानकारी गराएका छन्।

काठमाडौँ, १० मंसिर। आगामी मङ्सिर १५ गते काठमाडौँको टुँडिखेलमा पाचौ राष्ट्रिय ईकुष्ट्रीयन च्याम्पियनसिप हुने भएको छ। नेपाल ईकुष्ट्रीयन एसोसियसनको आयोजना तथा नेपाल खेलकुद परिषद र नेपाल काभालरीको संयुक्त प्रयासमा सो कार्यक्रम हुन् लागेको नेपाल ईकुष्ट्रीयन एसोसियसनका अध्यक्ष रवि राजकर्णिकारले जानकारी गराएका छन्।

यस प्रतियोगिताको मुख्य प्रायोजक वार्सटेइनर बीयर रहेको छ। यस प्रतियोगिता अन्तर्गतरहेका ५ वटा बिधामा प्रतियोगिता हुने आयोजकले जानकारी दिएकाे छ। प्रतियोगितामा हर्स टेन्ट पेगिङ्ग, हर्स जम्प, हर्स हाई जम्प, ६ क्रस बार जम्प(महिला र हर्स शो जम्प महिला गरि ५ विधामा प्रतियोगिता हुने आयोजक नेपाल ईकुष्ट्रीयन एसोसियसनका अध्यक्ष रवि राजकर्णिकारले जानकारी दिए। प्रतियोगितामा हर्स टेन्ट पेगिङ्ग, हर्स जम्प, हर्स हाई जम्प कम्पिटिसनका प्रथम, द्दितिय र तृतियले क्रमशः २० हजार, १५ हजार र १० हजार पुरस्कार दिइने अध्यक्ष राजकर्णिकारले जानकारी दिए। त्यस्तै ६ क्रस बार जम्प(महिलाका विजेताले प्रथम, द्दितिय र तृतियले १०/१० हजार र हर्स शो जम्प महिला कम्पिटिसनका प्रथम, द्दितिय र तृतियले क्रमश १५ हजार, १० हजार र १० हजार पुरस्कार पाउने छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?