दिसा पटानीको भिडियो किन भाइरल हुँदैछ ?
सारांश
- बलिउडकी सुन्दरी अभिनेत्री दिसा पटानी आफ्नो आकर्षक फिट्नेसका लागि एकदमै सतर्क छिन ।
- आफुलाई फिट राख्नाको लागि यी अभिनेत्री सधै जीम गएर पसिना बगाउँछन् ।
- सोसियल मिडियामा पनि निकै निकै सक्रिय रहेकी दिसा आफुले गरेको वर्कआउटको भिडियो र फोटो प्राय सोसियल मिडियामा सेयर गर्छिन् ।
बलिउडकी सुन्दरी अभिनेत्री दिसा पटानी आफ्नो आकर्षक फिट्नेसका लागि एकदमै सतर्क छिन । आफुलाई फिट राख्नाको लागि यी अभिनेत्री सधै जीम गएर पसिना बगाउँछन् । सोसियल मिडियामा पनि निकै निकै सक्रिय रहेकी दिसा आफुले गरेको वर्कआउटको भिडियो र फोटो प्राय सोसियल मिडियामा सेयर गर्छिन् ।

हालसालै उनले एउटा नयाँ भिडियो सेयर गरेकी छिन् । भिडियोमा उनले निकै सानदार स्टन्ट दिएकी देख्न सकिन्छ । भिडियो सेयर गर्दै उनले भनेनी छिन् ‘यो ब्याकफ्लीपको मेरो पहिलो कोशिस, अझ यसलाई राम्रो तरिकाबाट गर्न जरुरी छ तर डर भने हटेर गयो ।’
https://www.instagram.com/p/Bz0ZqHHA-Dg/?utm_source=ig_web_copy_link
उनले हालेको भिडियो भाइरल भईहाल्यो । अहिलेसम्म भिडियो १३ लाख भन्दा बढीले हेरिसकेका छन् । सोसल मिडियामा दिसाको यस भिडियोको निकै तारिफ भइरहेको छ । भिडियोमा धेरैले कमेन्ट्स गरेका छन् । यो भन्दा अघि उनको अर्को कटव्हील भिडियो पनि सोसल मिडियामा व्यापक भाइरल भएको थियो । कटव्हीलभिडियोलाई पनि उक्त भिडियोलाई पनि फ्यानहरुले धेरै मन पराएका थिए र प्रशंसा पनि गरेका थिए ।
यो पनि पढ्नुस्
ठगी आरोपमा सोनाक्षी सिन्हामाथि छानविन हुँदै
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा यतिबेला ठगीको मुद्दाका कारण विवादमा तानिएकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार, सोनाक्षीले सन् २०१८ को सेप्टेम्बरमा एक स्टेज शोमा प्रस्तुति दिनुपर्ने थियो । सोनाक्षीलाई यो कार्यक्रमका लागि २४ लाख भारतीय रुपैयाँ पनि दिइएको थियो । तर पछि सोनाक्षी त्यो कार्यक्रममा सहभागी भइनन् ।
त्यसपछि सोनाक्षीविरुद्ध ठगी गरिएको भन्दै मुद्दा दर्ता गरिएको थियो । यही घटना बारेमा सोनाक्षीको बयान लिन प्रहरी टोली मुम्बई गएको थियो । ठगी गरेको मुद्दामा प्रहरी टोली सोनाक्षीको बयान लिन जुहुस्थित उनको घरमा पुगेको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी टोली सोनाक्षीको घर पुग्दा उनी घरमा थिइनन् । तसर्थ प्रहरी टोली फेरि दोस्रो पटक सोनाक्षीको घर जानसक्ने बताइएको छ । यस घटनाका विषयमा सोनाक्षीका म्यानेजरले भने सोनाक्षीलाई लगाएका सबै आरोप झूटो रहेको बताएका छन् । साथै उनले यो सबै सोनाक्षीको छवी खराब गर्ने तरिका भएको बताएका छन् ।
केही समयअघि सोनाक्षी सिन्हा चलचित्र ‘कलंक’ मा देखिएकी थिइन् तर त्यो चलचित्रले बक्स अफिसमा सफलता हासिल गर्न सकेको थिएन । अहिले सोनाक्षी आगामी चलचित्र ‘खानदानी सफाखाना’ को प्रचारमा व्यस्त छिन् । यो चलचित्र सन् २०१९ को अगष्ट २ मा रिलिज हुनेछ ।
दबंग ३ मा यस्तो छ सलमान खानको रोल
सोनाक्षी सिन्हाले एउटा भिडियोमा फिल्म दबंग ३ को बारेमा केही महत्वपुर्ण जानकारी दिएकी छिन् । बलिउड स्टार सलमान खान र सोनाक्षी छिट्टै दबंग ३ मार्फत दशर्कमाझ आउँदैछन् । दबंग ३ को प्रतिक्षामा रहेका उनीहरुका फ्यानलाई लक्षित गर्दै सोनाक्षीले एउटा अन्तरवार्तामा फिल्मको बारेमा केही महत्वपुर्ण कुराहरु सार्वजनिक गरेकी हुन् ।
सोनाक्षीका अनुसार दबंग ३ सिक्वेल नभएर प्रिक्वेल हो जसमा फिल्ममा क्यारेक्टर चुलबुल पाण्डेको कथा फ्ल्यासब्याकमा प्रस्तुत गरिएको छ । फ्ल्यासब्याक स्टोरी भएका कारण फिल्ममा दुवैलाई कम उमेरको क्यारेक्टरमा देख्न सकिन्छ । आफुलाई कम उमेरको देखाउनका लागि अहिले सलमानले जिममा कडा परिश्रमका साथ पसिना बगाइरहेका छन् ।
सलमान र सोनाक्षीको हिट फिल्म दबंगको पहिलो सिरिज २०१० मा सुरु भएको थियो । दबंग ३ लाई प्रभु देवाले निर्देशन गरिरहेका छन् । फिल्ममा यो पटक दक्षिण भारतीय फिलमका सुपरस्टार सुदिप किच्चाले भिलेनको रोलमा अनुबन्धित भएका छन् । यो सिरिजको पहिलो फिल्मलाई अनुराग कश्यपका भाई अभिनव कश्यपले निर्देशन गरेका थिए । २०१२ मा दबंग २ प्रदर्शन भएको थियो ।
नेपालकी चेलीले जितिन् ‘मिस टीन भारत’को उपाधि
भद्रपुर। भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत’ को उपाधि जितेकी छिन्। झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन्।
यही असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ विजेता थापा निशा थापा र पदम थापामगरको दुई छोरीमध्ये जेठी सन्तान हुन्। उनले काँकरभिट्टा क्याम्पसमा कक्षा १२ को भर्खरै परीक्षा दिएकी छिन्।
भारतीय सौन्दर्य प्रतियोगितामा नेपालकी चेलीले प्राप्त गरेको यो ठूलो सफलता हो । तर, यस विषयमा भारतीय मिडियामा खुबै चर्चा भए पनि नेपाली मिडियामा भने चर्चा हुन बाँकी नै रहेको नेपाल मगर सङ्घ मेचीनगरका अध्यक्ष विकास थापामगरले बताए।
निकिताले ‘मिस टीन भारत’को उपाधिसँगै एक लाख भारु नगद पुरस्कार जितेकी छन् भने उनलाई अमन गान्धी फिल्म प्रोडक्सन प्रालिले चार म्युजिक भिडियो र एउटा सर्ट मूभिमा अभिनयको सम्झौता गरिसकेको निकिताले बताइन् ।
प्रतिक्रिया