बलिउड अभिनेता शाहरुख खानलाइ धम्कि !

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
बलिउड अभिनेता शाहरुख खानलाइ धम्कि !

सारांश

  • भारतकाे अाेडिसा राज्यकाे स्थानीय संगठन कलिङ्ग सेनाले बलिउड अभिनेता शाहरुख खानको विरोध गरिरहेको छ ।
  • कलिङ्ग सेनाले हाल गरिरहेको विरोधको कारण भने १७ वर्ष पुरानो फिल्म ‘अशोका’ हो ।
  • यस फिल्ममा शाहरुख खानको मुख्य भूमिका रहेको थियो ।

भारतकाे अाेडिसा राज्यकाे स्थानीय संगठन कलिङ्ग सेनाले बलिउड अभिनेता शाहरुख खानको विरोध गरिरहेको छ । कलिङ्ग सेनाले हाल गरिरहेको विरोधको कारण भने १७ वर्ष पुरानो फिल्म ‘अशोका’ हो । यस फिल्ममा शाहरुख खानको मुख्य भूमिका रहेको थियो ।

यही नोभेम्बर २७ मा ओडिसाको कलिङ्गा स्टेडियममा पुरुष हकी वल्र्डकपको उद्घाटन भइरहेको छ ।  त्यस उद्घाटन समारोहमा शाहरुख खान पनि सहभागी भइरहेका छन् । तर शाहरुख खान उपस्थित हुने खबरपछि कलिङ्ग सेनाले खानको विरोध गरिरहेको हो ।  उक्त संगठनले शाहरुख खानको विरोध गरेपछि ओडिसाको प्रहरीले खानको सुरक्षा बढाउने निर्णय लिएको छ ।  १७ वर्षअघि शाहरुख खानले फिल्म ‘अशोका’ मार्फत ओडिसाको इतिहासलाई गलत ढंगले प्रस्तुत गरेर त्यहाँका स्थानीयहरुको भावनामा ठेस पुर्‍याएको भन्दै  कलिङ्ग सेनाले शाहरुख खान ओडिसा आएमा उनको अुहारमा कालोमोसो दल्ने र कालो झण्डा देखाएर विरोध गर्ने धम्की दिएको छ ।खबरहरुका अनुसार ओडिसामा शाहरुखको विरोध भएपछि स्थानीय प्रहरीले शाहरुखको सुरक्षाको लागि पर्याप्त सुरक्षाको व्यवस्था गर्ने बताइरहेको छ ।  तर शाहरुख खानले अहिलेसम्म कार्यक्रममा उपस्थित हुने नहुने विषयका भने आधिकारिक बयान दिएका छैनन् । विरोधी संगठनको तर्फबाट शाहरुखले उनको फिल्म ‘अशोका’ मार्फत ओडिसाका बासिन्दाहरुको भावनामा ठेस पुर्‍याएकाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?